LIVE
अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग | पोखरी अतिक्रमण हटाउन ‘अन्तिम मौका’, गुठीले दियो थप १५ दिन |

जनकपुरधाम । सहुलियत कृषि कर्जा कार्यान्वयका लागि अन्तरक्रिया कार्यक्रम गरिएको छ ।
जनकपुरधामस्थित प्रधानमन्त्री कृषि आधृनिकिकरण परियोजना कार्यान्वयन एकाई धनुषाले आयोजना गरेको उक्त अन्तरक्रिया कार्यक्रममा कृषकहरुले बन्द रहेको सहुलियत कृषि कर्जा पुन सुरुचारु हुने पर्ने माग गरेका थिए ।

कार्यक्रममा सहभागि नेपाल राष्ट्र बैक जनकपुरका सह निर्देशक राधेश्याम साहले कृषि सहुलियत कर्जाको व्यापक दुरुपयोग भएकोले कृषि कर्जा बन्द गरिएको बताए । कृषि कर्जा किसानहरुको लागि अवश्यक भएपनि दुरुपयोग हुने गरेकोले बन्द गरिएको उनले बताए । उनले सहुलियत कृषि कर्जा खुलाउन पहल भईरहेको बताए ।

प्रधानमन्त्री कृषि आधृनिकिकरण परियोजना कार्यान्वयन एकाई धनुषाका प्रमुख ललन सिहको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका धनुषाका सभापति, प्रधानमन्त्री कृषि आधृनिकिकरण परियोजना कार्यान्वयन एकाई धनुषाका राहुल देव साह, राकेश यादव लगायतका सहभागीता रहेको थियो ।

सम्बन्धित खबर