LIVE
सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद |

जनकपुरधाम । गत आर्थिक वर्ष २०८०÷०८१ मा प्रहरीले मधेश प्रदेशका विभिन्न जिल्लाबाट १ अर्व ४८ करोड राजस्व संकलन गरेको छ ।
मधेश प्रदेश प्रहरी प्रमुख कार्यालय जनकपुरधामका अनुसार गत आर्थिक वर्षमा प्रदेशका ८ वटै जिल्लाबाट भन्सार छलि गरि ल्याएका मालसमान पक्राउ गरि १ अर्व ४७ करोड ९८ लाख ४२ हजार राजस्व संकलन भएको हो ।

मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रहरी उपरिक्षक सुभाष चन्द बेहराका अनुसार गत आर्थिक वर्षकामा सप्तरीबाट २ करोड ५० लाख रूपैयॉ राजस्व संकलन गरिएको छ । त्यसैगरि, सिरहाबाट २ करोड ९३ लाख,धनुषाबाट ९ करोड ५७ लाख र मोहतरीबाट ८ करोड ६४ लाख रूपैयॉ राजस्व संकलन गरिएको छ ।

त्यसैगरि सरलाहीबाट ८ करोड १६ लाख,रौतहटबाट ५ करोड २२ लाख, बाराबाट ५७ करोड ४० लाख र पर्साबाट ५३ करोड ४६ लाख रूपैयॉ संकलन गरिएको मधेश प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

प्रहरीका अनुसार गत वर्षको तुलनामा यस वर्ष भन्सार छलेर भित्रयाइको समानबाट ५३ करोड बढी राजस्व संकलन गरिएको छ । प्रदेश भरिका सिमा नाकाहरू व्यापक कडाईका कारण भन्सार छलेर लयाइएको समानबाट उक्त परिणाममा राजस्व संकलन गरिएको उपरिक्षक बेहराले बताए ।

सम्बन्धित खबर