LIVE
अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग | पोखरी अतिक्रमण हटाउन ‘अन्तिम मौका’, गुठीले दियो थप १५ दिन |

जनकपुरधाम । सशस्त्र प्रहरीका असई थमन विक हत्या मुद्दामा बुधबार उच्च अदालत जनकपुरले विज्ञ बोलाउन आदेश गरेको छ ।

उच्च अदालत जनकपुरका न्यायाधीश महेन्द्रनाथ उपाध्याय र खेमराज भट्टको इजलासले विकको पोष्टमार्टमको विषयमा स्पष्ट गर्न विज्ञलाई बोलाउन आदेश गरेको हो ।

२८ मंसिर २०८० मा विक हत्या प्रकरणसम्बन्धी मुद्दामा लोकतान्त्रिक समाजवादी पाटी ९लोसपा० संसदीय दलका नेता अभिराम शर्मासहित सात जनालाई जिल्ला अदालत महोत्तरीले जन्मकैद सजाय सुनाएको थियो । यस्तै नेकपा एमालेका नेता लक्ष्मी महतो कोइरी र पवन कापडलाई सफाइ दिएको थियो ।

 

सोही मुद्दामा जन्मकैदका सजाय पाएका शर्मासहितले समयभित्र पुनरावेदन नगरेपछि उच्च अदालत जनकपुरधामले मुद्दाको साधक सुनवाइ गरेको छ । जन्मकैद तथा २० वर्ष वा २० वर्षभन्दा माथिको सजाय पाएको मुद्दामा साधक सुनवाइ गर्ने कानुनी प्रावधान रहेको छ ।

सम्बन्धित खबर