LIVE
८५ सुरक्षाकर्मीसहित रसुवा बाढीमा ६ सय भन्दा धेरै सम्पर्कविहिन | ‘मोहम्मद डे’मा जनकपुरधाममा शान्ति र्‍याली | सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप |

जनकपुरधाम । नेपाली काँग्रेस मधेश प्रदेशका उपसभापति तथा पुर्वमन्त्री वीरेन्द्रप्रसाद सिँहले मधेश सरकारले राजनीतिक नियुक्ति मनोमानि गरेको आरोप आरोप लगाएका छन् ।
गठबन्धनको सरकार रहेको भएपनि मुख्यमन्त्री सतिश कुमार सिंहले गठबन्धन सरकारको मान्यता, व्यवहार र अभ्यास विपरीत आफ्नो मनोमानी ढंगले कुनै पनि राजनीतिक नियुक्ति गरे आफुहरुलाई स्वीकार्य नहुने बताए ।

रौतहट सदरमुकाम गौरमा मंगलबार आयोजित एक कार्यक्रममा उपसभापति सिँहले सरकारमा सहभागी दलहरूबीच सहमति नगरीकनै प्रदेश लोकसेवा आयोगका अध्यक्ष र एमालेबाट नीति तथा योजना आयोगका दुई सदस्यमा नियुक्ति गराएकोमा आपत्ति व्यक्त गरे ।

‘प्रदेशमा १७ वटा जिम्मेवारीका लागि राजनीतिक नियुक्ति हुन्छ । त्यसमा नियुक्ति गर्नुपुर्व गठबन्धन दलहरूबीच सहमति गरेर मात्र अघि बढाउन पर्छ’ उनले भने ।

मधेश प्रदेशको मिडिया काउन्सिलको अध्यक्ष नियुक्तिमा नेकपा एमालेले कुनै पनि किसिमको सहमति नगरीकन सीधै सिफारिस गर्न लागेको जानकारी आफूले प्राप्त गरेको र गठबन्धनमा सहभागी कुनै पनि दल त्यसअनुसार अघि बढ्नु दुर्भाग्यपूर्ण हुने उनले बताए ।

उपसभापति सिँहले दलीय सहमति भनेको अमुक दलका व्यक्ति नभएर निश्चित दलका संस्थागत निर्णयलाई मान्नुपर्ने पनि बताए ।

 

सम्बन्धित खबर