LIVE
युवालाई दुव्र्यसनबाट जोगाउन मधेश प्रहरीद्वारा विशेष अभियान | सहमति पश्चात मृतकको शव बुझे परिवारजन | भत्काउने हल्लाले जनकपुरधाममा गुठीको जग्गामा घर बनाएर बसेकाहरुद्वारा विरोध प्रर्दशन | पहिचान नखुल्दा मृतक महिलाको पोस्टमार्टमा ढिलाई | भोलि साँझदेखि तीव्र गतिको हुरी चल्ने, सतर्क रहन आग्रह | जिसस प्रमुखलाई पत्रकार महासंघ धनुषाले बुझायो ध्यानाकर्षण पत्र | वीरगञ्जमा तीन हजार व्यवसाय अस्तव्यस्त, नौ हजार रोजगारी धरापमा, बजारमा त्रासको माहोल | जंगली बँदेलको आक्रमणबाट सर्लाहीमा एक जनाको मृत्यु | वनजंगलमा अनियमितता रोक्न अभियानद्घारा काँग्रेस सभापति थापालाई खुलापत्र | बुद्धजयन्तीमा प्रधानमन्त्री शाह लुम्बिनी जाने, सम्बोधन नगर्ने |

जनकपुरधाम । प्रजातान्त्रिक विचार समाज धनुुषाको जिल्ला कार्यसमिति गठन गरिएको छ । पत्रकार नविन झाको अध्यक्षतामा समाजको धनुषा जिल्ला तदर्थ समिति गठन गरिएको हो ।

समाजको उपाध्यक्षमा लोचन साह र पत्रकार हदिस खुुद्दार, सचिवमा अजिता पासवान र कोषाध्यक्ष डा.अश्विन कुमार झा रहेका छन् ।
त्यसैगरि, सदस्यहरुमा पत्रकार धनश्याम मिश्र, ईन्द्रेश झा, डा.मनोज नन्दन झा, रितु कर्ण, संजीव झा, डा राजीव शर्मा, डा विभास गोइत, सुरेन्द्र झा, पत्रकार अजय साह, नितु मल्लिक र डा लक्ष्मी नारायण गोईत रहेका छन् ।


समाजले आयोजना गरेको मधेशमा प्रजातान्त्रिक मुल्य मान्यताको अवस्था र चुनौति विषयक कार्यक्रममा पुर्व मन्त्री तथा नेपाली काग्रेसका नेता महेश आचार्यले मुलुकको संघीय लोकतान्त्रिक व्यवस्था जोगाउन तथा मुलुकलाई सम्वृद्धि बनाउन लोकतान्त्रिक बिचारधारा भएको समाज एकजुट हुनु आवश्यक रहेको बताए ।

नेपाली काँग्रेस लोकतान्त्रिक बिचारधारा भएको पार्टी भएपनि पार्टी भित्रको गुटउपगुटको कारण कमजोर हुदै गरेको बताउँदै उनले भने,‘काँग्रेसमा पुर्नजागरण आवश्यकता छ, त्यसको सुरुवात मधेशबाट मात्रै सम्भव छ ।’ नेता आचार्यले पार्टी भित्र विरोधका कुनै पनि स्वर सुन्न नचाहने शेरबहादुर देउवा, केपि शर्मा ओली, प्रचण्ड जस्ता नेताहरुले देशलाई स्थिर बनाउन नसक्ने भन्दै बंगलादेश बन्ने डर सम्म रहेको औंल्याएका छन् ।


कार्यक्रममा प्रजातान्त्रिक समाजका केन्द्रिय अध्यक्ष कुलचन्द्र वाग्ले, पुर्व मन्त्री तथा प्रतिनिधी सभा सदस्य रामकृष्ण यादव, धनुुषा काग्रेसका सभापति योगेन्द्र पजियार,समाजका संरक्षक तथा पुर्वअध्यक्ष डा.केदारनरसिंह केसी, वरिष्ठ उपाध्यक्ष गोकर्ण अर्याल सहित वरिष्ठ राजनितीक विश्लेषकहरु चन्द्रदेव भट र शंकर तिवारीसहितले मन्तव राखेका थिए ।

 

सम्बन्धित खबर