LIVE
धनुषा अस्पतालमा सुत्केरी गराउने क्रममा महिलाको मृत्यु, चिकित्सकको लापरवाही आरोपपछि अस्पताल तनावग्रस्त | सिरहाको सब डिभिजन वन कार्यालय बन्दीपुरका प्रमुख यादव घुससहित पक्राउ | पर्सा राष्ट्रिय निकुञ्जबाट १६६ केजी गाँजासहित दुई जना पक्राउ | सेवाग्राहीमाथि हातपात गर्ने यातायात कार्यालय बाराका प्रमुख अर्चायको जिम्मेवारी खोस्यो | विभिन्न मुद्दामा फरार रहेका ११ जना एकै दिनमा पक्राउ | मधेश प्रदेश सरकारविरुद्ध विपक्षी दलहरु आक्रामक, बजेट संशोधनको माग | गौशालामा बजार ठेक्का विवाद चर्कियो, नगर प्रहरी पक्राउपछि नगरपालिका सेवा ठप्प | असई थमन विक हत्या प्रकरणमा दोषि ठहर भएका पुर्व साँसद महतो पक्राउ | मधेश प्रदेशमा दलहरु बीचको विवादले बजेटमाथिको छलफल अन्यौलमा | धान दिवसमा जलवायुमैत्री खेतीमा जोड |

जनकपुरधाम । धनुषाको सखुवा महेन्द्रनगरस्थित नेपाल आयल निगम डिपो कार्यालय महेन्द्रनगरमा हत्या भएका कर्मचारीको परिवारजन तीन सुत्रिय माग राख्दै शव बुझन इन्कार गरेको छ ।

डिपो कार्यालयमा करारमा कार्यरत रहेक सिरहा नगरपालिका– ३ मखनाहाका ४० वर्षिय राकेश बर्मालाई डिपोमै दैनिक ज्यालादारीमा काम गर्दै आएका धनुषाको धनुषाधाम नगरपालिका– ४ का ३५ वर्षिय प्रकाश यादवले बेल्चा प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय धनुषाको प्रवक्ता रञ्जन अवाले जानकारी दिए ।

शुक्रबार बिहान १० बजे डिपो परिसरमै रहेको स्टोर कोठामा बर्मा र यादव बीच विवाद भएको थियो । सोही विवादमा यादवले त्यहाँ राखिएको बेल्चा बर्माको अनुहारमा प्रहार गरेपछि कोठामा ढलेका थिए । र ढल्नेको दुई÷ तीन मिनेटमै उनको मृत्यु भएको कर्मचारीहरुको भनाई छ । बर्मा ढले बितिकै यादव कोठाबाट वाहिरिएक थिए । पछि कोठाबाट जोरले अवाज आएपछि त्यहाँ आयल निगमको गेटमा सुरक्षामा खटेका नेपाली सेनाका टोली र निगमले सुरक्षामा राखेका व्यक्तिहरु पुगेका थिए ।

कोठामा बर्माको बेल्चा प्रहार गरेको देखेपछि त्यहाँ रहेका कर्मचारीहरुले यादवलाई पक्राउ गरि नजिकै रहेको इलाका प्रहरी चौकी कार्यालय महेन्द्रनगरलाई खबर गरेको डिपो प्रमुख मनोज कुमार साहले बताए । दुवै बीच विवाद के कारणले भयो अहिले सम्म खुल्न नसकेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका इन्चार्ज प्रहरी निरीक्षक सोनु कुमार साहले बताए । बर्माको हत्यामा संलग्न यादव अहिले प्रहरी हिरासतमा रहेको उनले बताए ।

यता, घटना पश्चात बर्माका परिवारजन डिपोमा पुगि मृतकको परिवारजनलई राहत स्वरुप केहि आर्थिक सहयोग,मृतकको पत्नीलाई करारमा जागिर र मृतकका बच्चाहरुको ५ वर्ष सम्म शिक्षाको गायरेन्टी सहितको सुनिचिश्ता भएपछि मात्रै शव बुझेने अडानमा छन् । मृतका दाई रमेश बर्माले भाईको हत्या भएपछि उनको दुई बच्चा र श्रीमतीको भरपनपोषनको लागि सरकारले केहि राहतको दिनुपर्ने माग गरेका छन् ।

निगलले मतृकको पत्नीलाई करारमा जागिर दिन सहमत भएपनि क्षतिपुर्ति दिने दिन नसक्ने जनाएपछि अहिले सम्म परिवारजनले शव बुझेको छैन । अहिले धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाको रोहबरमा दुबै पक्ष बीच सहमतिको लागि छलफल भईरहेको छ ।

सम्बन्धित खबर