LIVE
सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद |

जनकपुरधाम । जनकपुरधाम उद्योग बाणिज्य(जउवा) संघको उपाध्यक्ष पदमा उम्मेदवारी दिएका लक्ष्मण साह निर्विरोध निर्वाचित भएका छन् ।
साहका प्रतिस्पर्धि विश्वनाथ साह सुडीले आफ्नो उम्मेदवारी लिएपछि साह निविरोध निर्वाचित भएको निर्वाचन समितिका संयोजक ललित साहले जानकारी दिए । उपाध्यक्षमा निर्विरोध भएका साह यस अघि उपाध्यक्ष पदमै पराजित भएका थिए । तर यस पटकको निर्वाचनको उनको अवस्था राम्रो रहेको व्यापारी माझ चर्चा थियो ।

२९ भदौमा हुने संघका निवर्तमान वरिष्ठ उपाध्यक्ष मनिष रमण साह, पुर्व वरिष्ठ उपाध्यक्ष जितेन्द्र प्रसाद साह र पुर्व कोषाध्यक्ष सुरेन्द्र भण्डारीले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।

त्यसैगरि, संघको वरिष्ठ उपध्यक्षमा मनोज कुमार साह, विकास कुमार चौधरी र अम्भु प्रसाद साह, महिला उपाध्यक्षः रिंकु साह,माया कुमारी र सरिता ठाकुर, महासचिवः फुलदेव पण्डित,गणेश कुमार साह र अशोक कुमार चौधरी, सचिवः नरेन्द्र विक्रम साह,राकेश पजियार,श्रवण कुमार साह र गोपि कुमार साह, कोषाध्यक्षः रामचन्द्र पजियार,कोषाध्यक्षः मनोज कुमार शर्मा,राकेश कुमार साह र परमेश्वर साहले उम्मेदवारी दिएका छन् ।

त्यसैगरि, एशोसिएट सदस्यः दिपक कुमार साह र अभिषेक कुमार चौधरीले उम्मेदवारी दिएका छन् । सदस्यहरुमा रमेश महतो,सन्तोष कुमार गामी,मणिशंकर प्रसाद साह लगायतले उम्मेदवारी दिएका छन् ।

सम्बन्धित खबर