LIVE
सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद |

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले जनकपुरधामको पुरानो श्री याज्ञवल्क्य संस्कृत माविको छात्रावास भवनको उद्घाटन गरेका छन् ।
मंगलवार एक कार्यक्रम बीच मुख्यमन्त्री सिंह, शिक्षा तथा सास्कृति मन्त्री रानी शर्मा तिवारीले संयुक्त रुपमा उक्त भवनको उद्घाटन गरेका हुन् । उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले मधेश प्रदेश सरकार विकासको प्रति गम्भिर रहेको बताए ।

सामुदायिक विद्यालयहरुको शिक्षाको गुणस्तर घट्दै गएको प्रति चिन्ता व्यक्त गर्दै मुख्यमन्त्री सिंहले मधेशका थोरै सामुदायिक विद्यालय मध्येमा ज्ञानकुपले शिक्षाको गुणस्तरमा ध्यान दिएको बताए ।

संघीय सरकराले शिक्षा निती नल्याउदाँ शिक्षा क्षेत्रको अवस्था निकै दयनिय रहेको बताउँदै मुख्यमन्त्री सिंहले चाँडै नै शिक्षा निती ल्याएर प्रदेशको शिक्षा अवस्थालाई सुधार गर्ने बताए ।

श्री याज्ञवल्क्य संस्कृत माविको प्रधानध्यापक संजय कुमार झाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा जनकपुरधाम उपहनगरपालिका ८ का वडाध्यक्ष दिनेश सिंह,जनमत पार्टीका केन्द्रिय सदस्य साविर राईन, विद्यालयका शिक्षक तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

प्रदेश सरकारको लगानीमो करिव ५० लाखको लागतमा उक्त तीन कोठे छात्रावास भवन निर्माण गरिएको विद्यालयले जनाएको छ ।

सम्बन्धित खबर