LIVE
सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद |

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका –२४, बसहियाका वडा अध्यक्ष उपेन्द्र सहनीसहित तीन जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ ।

घरबाटो सिफारिसको लागि ४ लाख ५० हजार रुपैयाँ घुस लिएका वडा अध्यक्ष सहनी, सोही वडाका सचिव उपेन्द्र साह र बिचौलियाको काम गर्ने अर्को एक जनालाई पक्राउ गरिएको हो ।

आयोगलाई आएको गोप्य सूचनाको आधारमा स्थलगत रिपोर्टिङको क्रममा वडा अध्यक्ष सहनी र वडा सचिव साहसमेत तीन जनालाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयका सूचना अधिकृतले जनकारी दिए ।

घुसको रकम लिँदालिँदै पक्राउ परेका उनीहरुलाई कानुन बमोजिम कारबाहीको लागि आयोगको केन्द्रीय कार्यालय टंगाल पठाईएको छ ।

पक्राउ परेका तीनै जनालाई अख्तियारको टोलीले लिएर काठमाण्डौ जान खोज्दा स्थनीय नेकपा एमालेका कार्यकर्ताहरुले विरोधमा उत्रेका थिए । पछि जिल्ला प्रहरी कार्यालय धनुषा र सशस्त्र प्रहरी उल्लेखनिय संख्यामा परिचालन गरि तीनै जनालाई काठमाण्डौ लगिएको हो ।

सम्बन्धित खबर