LIVE
धान दिवसमा जलवायुमैत्री खेतीमा जोड | जानकी प्लास्टिक उद्योगमा छापा, छापापछि रातारात नक्कली पाइप गायब, सञ्चालिका फरार | बागमती नदिमा डुबेर दुई बालकको मृत्यु | हतियारसहित जनकपुरधामबाट दुई युवक पक्राउ | कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने |

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले धार्मिक सद्भाव र आपसि भाईचाराले मात्र देश र प्रदेशको विकास हुने बताएका छन् ।
हजरत पैगम्बर मोहम्मदको १४९९ औ जन्मजयन्तीको अवसरमा मंगलवार रविउन नुर कमिटिले जनकपुरधामको तिरहुतिया गाछिमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले धार्मिक सदभाव र आपसि भाईचाराले मुलुकको समवृद्धिमा ठुलो महत्व राखेको बताए । सबै धर्मको उदेश्य मानव कल्याण रहेको बताउँदै मुख्यमन्त्री सिंहले भने,‘ धर्म व्यक्तिको अस्थासँग जोडिएको विषय हो । सबैले आ आफ्नो अस्था अनुसारको धर्म अंगाल्न पाउँछन् । तर धर्मको बाटो फरक–फरक भएपनि उदेश्य एउटै हो, मानव कल्याण ।’


मोहम्मद जन्मजयन्तीको शुभकामना दिदै मुख्यमन्त्री सिंहले शिक्षा, स्वास्थ्य तथा आर्थिक रुपमा मुस्लिम सामुदाय अझै पछाडी रहेकोले शैक्षिक क्षेत्रमा ध्यान दिन मुस्लिम अगुवाहरुसँग अनुरोध गरे ।


कार्यक्रममा प्रदेशका उद्योग वाणिज्य तथा पर्यटन मन्त्री सकिल मियाँले पैगम्बर मोहम्मदले विश्वमा मानव कल्याणको लागि अमन शान्तिको सन्देश फैलाएको बताए । अमन शान्ति तथा आपसि भाईचारामा खल्लो ल्याउन केहि तत्व सक्रिय रहेकोले त्यसमा नपर्ने मन्त्री मियाँले सुझाए ।
रविउन नुर कमिटिले जनकपुरधामका अध्यक्ष अजिज राईनको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश साँसद जयनुल राईन, दिपेन्द्र ठाकुर, जनकपुरधामका मेयर मनोज कुमार साह, मुस्लिम धर्मगुरुहरु, मुस्लिम अगुवा नेताहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।

कार्यक्रम पश्चात जनकपुरधाममा मोहम्मद डेको अवसरमा मंगलवार नै विशाल शान्ति र्याली निकालिएको थियो ।
रविउन नुर कमिटिको आयोजनामा मंगलवार जनकपुरधाममा मगलवार विशाल र्याली निकालिएको हो ।

स्थानीय तिरहुतिया गाछीबाट निकालिएको शान्ति जुलुस, मेघाउल हुदै कमद चोक, भानु चोक, शिव चोक हुदै पुनः कमद चोक, मेघाउल ,मुरली चोक हुदै पुनः तिरहुतिया गाछीमा पुगेर सम्पन्न भएको थियो ।

 

सम्बन्धित खबर