LIVE
युवालाई दुव्र्यसनबाट जोगाउन मधेश प्रहरीद्वारा विशेष अभियान | सहमति पश्चात मृतकको शव बुझे परिवारजन | भत्काउने हल्लाले जनकपुरधाममा गुठीको जग्गामा घर बनाएर बसेकाहरुद्वारा विरोध प्रर्दशन | पहिचान नखुल्दा मृतक महिलाको पोस्टमार्टमा ढिलाई | भोलि साँझदेखि तीव्र गतिको हुरी चल्ने, सतर्क रहन आग्रह | जिसस प्रमुखलाई पत्रकार महासंघ धनुषाले बुझायो ध्यानाकर्षण पत्र | वीरगञ्जमा तीन हजार व्यवसाय अस्तव्यस्त, नौ हजार रोजगारी धरापमा, बजारमा त्रासको माहोल | जंगली बँदेलको आक्रमणबाट सर्लाहीमा एक जनाको मृत्यु | वनजंगलमा अनियमितता रोक्न अभियानद्घारा काँग्रेस सभापति थापालाई खुलापत्र | बुद्धजयन्तीमा प्रधानमन्त्री शाह लुम्बिनी जाने, सम्बोधन नगर्ने |

जनकपुरधाम । मधेश प्रदेशका उद्योग वाणिज्य तथा पर्यटन मन्त्री सकिल मियाँले जनकपुरधामलाई धार्मिक पर्यटकीय नगरिको रुपमा विकास गर्नुपर्नेमा जोड दिएका छन् ।
४५ औ विश्व पर्यटन दिवसको अवसरमा एक दिवसिय पदयात्रा कार्यक्रमको उद्घाटन गर्दै मन्त्री मियाँले विश्वका हिन्दुहरुको अस्थाको केन्द्र जनकपुरधामको मठ मन्दिरले भरिएकोले यसलाई धार्मिक पर्यटकीय नगरको रुपमा विकास गर्नुपर्नेमा बताए ।

यहाँका मठमन्दिरको संरक्षण प्रवद्र्धन गर्नु आवश्यक रहेको उल्लेख गर्दै मन्त्री मियाँले भने,‘ जनकपुरधाममा छिमेकी मुलुक भारतसहितबाट दैनिक हजारौको संख्यामा धार्मिक पर्यटकहरु आउने गर्छन् । तर हामीले जनकपुरधाम नजिक रहेका धार्मिक सम्पदाको वारेमा जानकारी नगरउँदा उनीहरु जाँडै नै फर्किछन् । त्यसकारण अव जनकपुरधामको सेरोफेरोमा रहेका धार्मिक सम्पदाहरुको प्रचारप्रसार गर्नु आवश्यक छ ।’

जनकपुरधामको विषयमा ५२ कुट््टी ७२ कुण्डको नारा रहेको बताउँदै मन्त्री मियाँ ति स्थानहरुको संरक्षण प्रवद्र्धन गरेको खण्डमा यहाँको पर्यटन विकास ठुलो टेवा पुग्ने बताए । मधेश प्रदेशमा धार्मिक, वातावरणिय सहितका पर्यटकहरुको ठुलो सम्भावना रहेको बताउँदै मन्त्री मियाँ त्यसको संरक्षण र विकासको लागि प्रदेश सरकार गम्भिर रहेको बताए ।

सम्बन्धित खबर