LIVE
धनुषा अस्पतालमा सुत्केरी गराउने क्रममा महिलाको मृत्यु, चिकित्सकको लापरवाही आरोपपछि अस्पताल तनावग्रस्त | सिरहाको सब डिभिजन वन कार्यालय बन्दीपुरका प्रमुख यादव घुससहित पक्राउ | पर्सा राष्ट्रिय निकुञ्जबाट १६६ केजी गाँजासहित दुई जना पक्राउ | सेवाग्राहीमाथि हातपात गर्ने यातायात कार्यालय बाराका प्रमुख अर्चायको जिम्मेवारी खोस्यो | विभिन्न मुद्दामा फरार रहेका ११ जना एकै दिनमा पक्राउ | मधेश प्रदेश सरकारविरुद्ध विपक्षी दलहरु आक्रामक, बजेट संशोधनको माग | गौशालामा बजार ठेक्का विवाद चर्कियो, नगर प्रहरी पक्राउपछि नगरपालिका सेवा ठप्प | असई थमन विक हत्या प्रकरणमा दोषि ठहर भएका पुर्व साँसद महतो पक्राउ | मधेश प्रदेशमा दलहरु बीचको विवादले बजेटमाथिको छलफल अन्यौलमा | धान दिवसमा जलवायुमैत्री खेतीमा जोड |

जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाके हिरासतबाट भागेका ९ जना मध्ये २ जनालाई प्रहरीले पक्राउ गर्न सफल भएको छ ।

गए राति करिव साढे तीन बजेको समयमा हिरासत कक्षको भेन्टिलेशन फोडेर ९ जना थुनुवा फरार भएका थिए । पछि प्रहरीले सज अप्रेशन संचलन गर्दा स्थानिय जनक चोकबाट एक जना र अन्य ठाँउमा एक जनालाई तत्कालै पक्राउ गर्न सफल भएको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपीक्षक रञ्जन अवाले बताए ।

लागु औषध मुद्दामा थुनुवा रहि फरार भएका सिरहा नगरपालिका– १३ का ३३ वर्षीय अभास्कर कुमार यादवलाई प्रहरीले केहि समय अघि मात्रै पक्राउ गर्न सफल भएको छ । भने ७ जना थुनुवा अझै फरार अवस्थामा रहेको छ ।

प्रवक्ता अवाका फरार हुनेमा ४ जना लागूऔषध र तीनजना शान्तिसुरक्षा तथा अभद्रव्यवहार मुद्दामा पक्राउ परेका थुनुवा हुन् ।
लागूऔषध मुद्दाका जनकपुरधाम उपमहानगरपालिका –२१ रुपैठाका अमितकुमार झा, धनुषाको विदेह नगरपालिका– ७ गिद्धाबेलापट्टीका २६ वर्षीय रञ्जित मण्डल, २४ वर्षीय रोशन कुमार मण्डल र धनुषाको औरही गाउँपालिका– २ का २३ वर्षीय विशाल मुखिया छन् ।

यस्तै शान्तिसुरक्षा तथा अभद्रमुद्दाका जनकपुरधाम उपमहानगरपालिका– १ का १७ वर्षीय सुमित मेस्तर, नगराइन नगरपालिका– २ का १८ वर्षीय मनिष मण्डल र जनकपुरधाम– ४ का २२ वर्षीय विक्की कार्की रहेका छन् ।

उनीहरुको खोजी कार्यका लागि प्रहरीले सिमावर्ति क्षेत्रसहित सम्भावित स्थानहरुमा सर्च अप्रेसन चलाएको छ । भरपर्दो भौतिक पुर्वाधार, थुनावा कक्षाको सुरक्षामा व्यापाक सुरक्षाकर्मी खटाईने तथा सिसि क्यामराको निगरानीमा भएपनि थुनुवा भाग्नु गम्भिर विषय रहेकोले प्रहरीले सुक्षम तरिकाले घटनाको अनुसन्धान गरिरहेको उनले बताए ।

सम्बन्धित खबर