LIVE
धनुषा अस्पतालमा सुत्केरी गराउने क्रममा महिलाको मृत्यु, चिकित्सकको लापरवाही आरोपपछि अस्पताल तनावग्रस्त | सिरहाको सब डिभिजन वन कार्यालय बन्दीपुरका प्रमुख यादव घुससहित पक्राउ | पर्सा राष्ट्रिय निकुञ्जबाट १६६ केजी गाँजासहित दुई जना पक्राउ | सेवाग्राहीमाथि हातपात गर्ने यातायात कार्यालय बाराका प्रमुख अर्चायको जिम्मेवारी खोस्यो | विभिन्न मुद्दामा फरार रहेका ११ जना एकै दिनमा पक्राउ | मधेश प्रदेश सरकारविरुद्ध विपक्षी दलहरु आक्रामक, बजेट संशोधनको माग | गौशालामा बजार ठेक्का विवाद चर्कियो, नगर प्रहरी पक्राउपछि नगरपालिका सेवा ठप्प | असई थमन विक हत्या प्रकरणमा दोषि ठहर भएका पुर्व साँसद महतो पक्राउ | मधेश प्रदेशमा दलहरु बीचको विवादले बजेटमाथिको छलफल अन्यौलमा | धान दिवसमा जलवायुमैत्री खेतीमा जोड |

जनकपुरधाम । हिलोमा चिप्लेर सवारी दुर्घटना हुने उच्च सम्भावना रहेको देखेर जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले वर्षा भईरहेको वेलामा पनि सवारी दुर्घटना रोक्न सवारी चालकहरुलाई ट्राफिक सम्बन्धी जनचेतना जगाउने गरेका छन् ।

विहिवार र शुक्रवार वर्षा भईरहेकै बेलामा पुर्व पश्चिम राजमार्ग अन्तर्गत ढल्केवर, पोर्तहासहित हाईवे क्षेत्र,जनकपुरधामसहितका स्थानमा बस चालक, टिपर चालक, मोटसाईकल चालकहरुलाई रोकेर सावधानिपुर्वक सवारी चलाउन सम्झाउने गरेका छन् ।

वर्षाको समयमा तीव्र गतिमा सवारी चलाएको खण्डमा चिप्लेर दुर्घटना हुने सम्भावना रहेकोले आफुहरु वर्षामै समयमै चालकहरुलाई सवारी सावधानी पुर्व चलाउन सर्तक गराउने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी निरीक्षक हरिवहादुर वलीले बताए ।
सवारी दुर्घटना न्युनिकरण गर्न आफुहरु सक्रियतापुर्वक लागेको उनले बताए ।

ट्राफिक प्रहरीले देखाएको सक्रियताको कारण चालु आर्थिक वर्षको श्रावण र भदौमा सवारी दुर्घटनामा व्यापक कमि आएपनि जिल्लाको ट्राफिक व्यस्था चुस्तदुरुस्त बनाउने उदेश्यले सर्वसधारणमा ट्राफिक नियम सम्बन्धी प्रर्चापम्पलेट वित्तरण, माईकिङ्ग,ठाउँठाउँमा सडक संकेत राख्ने तथा विद्यालयहरुमा गएर विद्यार्थीहरुलाई ट्राफिक नियम सम्बन्धी जानकारी दिने गरेका छन् ।

त्यसैगरि, मापसेबाट हुने सवारी दुर्घटना न्युनिकरण गर्न दैनिक ज्यालादारी गर्ने मजदुर, चालकसहितलाई ट्राफिक नियम सम्बन्धी ओसिटेश्न दिने गरेको उनले बताए ।

अधिकांश सवारी दुर्घटना तीव्र गतिका कारणले हुने गरेकोले त्यसलाई रोक्न ट्राफिक नियम पालना, ट्राफिक सम्बन्धि जनचेतनामुलक कार्यक्रम, विभिन्न ठाउँमा ट्राफिक नियम सम्बन्धि सांकेतिक बोर्डहरु राख्ने तथा चेकचाजमा कडाई गरेको उनले बताए ।

सम्बन्धित खबर