LIVE
सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद |

जनकपुरधाम । जनकपुरधाममा प्रत्येक वर्ष मनाईने विवाहपञ्चमी महोत्सवको सन्दर्भवलाई लिएर मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहको नेतृत्वको टोली भारतको उत्तर प्रदेशस्थित अयोध्या प्रस्थान गरेको छ ।

शनिवार नै विश्व हिन्दु परिषदका तथा यहाँका केहि संघ संस्थाका पदाधिकारी, सञ्चारकर्मीको टोली जनकपुरधामबाट विरगंजका लागि प्रस्थान गरेका थिए । मुख्यमन्त्री सिंहले उनीहरुलाई शनिवार नै विदाई गरेका थिए । विरंगंज पुगेका उक्त टोली नेतृत्वको गर्दै मुख्यमन्त्री सिंहले आईतवार आफ्ना दुई मन्त्री सहित अयोध्या प्रस्थान गरेका हुन् । मुख्यमन्त्री सिंह सँगै काँग्रेसबाट श्रम तथा यातायात मन्त्री कौशल यादव र नेकपाबाट गृह संचार तथा कानुन मन्त्री राजकुमार लेखी पनि टोलीमा सहभागि रहेका छन् ।


मुख्यमन्त्री सिंह भारतको अयोध्या जान लागेपछि कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी भौतिक पुर्वाधार तथा विकास मन्त्री सरोज कुमार सिंहलाई तोकेको छन् । कार्यवाहक मुख्यमन्त्री सत्ता साझेदार दल नेकपा एमालेका संसदीय दलका नेता समेत हुन् ।

संघीय सरकारले भारत जान अनुमति नदिएपछि अनओफिसिल रुपमा मुख्यमन्त्री सिंह अयोध्या गएको बताईन्छ । मन्त्री यादवलाई कार्यवाहक मुख्यमन्त्री दिएको पत्रमा मुख्यमन्त्री सिंह देश वाहिर उल्लेख नभई प्रदेश वाहिर हुने भएको कार्यवाहक दिएको उल्लेख छ ।

सीताराम विवाहमहोत्सवमा प्रत्येक पाँच वर्षको अन्तरालमा भारतको अयोध्यासहितबाट साधुसन्तहरु जन्तीको रुपमा जनकपुरधाम आउने गर्छन् । तर यस वर्ष पहिलो पटक जनकपुरधामबाट विवाहपञ्चमी महोत्सवको अवसरमा तिलक अयोध्या पठाईएको छ । यस अघि जनकपुरधामकै राम मन्दिरमा तिलकको समाग्री पठाउने गरिन्थियो ।

यस वर्ष भारतको अयोध्यासहितबाट करिव ५ सय साधुसन्त जन्तीको रुपमा जनकपुरधाम आउने कार्यक्रम रहेको छ । यस वर्ष १६ मंसिरदेखि २२ मंसिर सम्म सप्ताहव्यापी विवाहपञ्चमी मनाईने कार्यक्रम रहेको छ ।

सम्बन्धित खबर