LIVE
सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद |

जनकपुरधाम । पुर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा आज जनकपुर आउने भएका हुन् ।

धनुषाको जनकपुरधाम उमहानगरपालिका –२५ लोहनामा पार्टीले आयोजना गरेको एक कार्यक्रममा सहभागी हुन कांग्रेस सभापति देउवा जनकपुर आउन लागेका हुन् । विगतमा भएका लोकतान्त्रिक आन्दोलनमा जेलनेल भोगेका स्वर्गिय अरविन्द ठाकुरको प्रतिमा अनावरण गर्न पार्टी सभापति देउवा आज बिहान हवाईजहाज मार्फत जनकपुर आउन लागेको काँग्रेसका मधेश प्रदेश प्रचार विभाग प्रमुख नितेश कुमार गुप्ताले जानकारी दिए ।

सभापति देउवा आज दिउँसो १ बजे लोहनामा आयोजित ठाकुरको प्रतिमा अनावरण कार्यक्रममा सहभागी हुने र त्यस अघि प्रदेशका साँसद तथा प्रदेशका मन्त्रीहरुसँग छलफल गर्ने कार्यक्रम रहेको छ । सभापति देउवा आज बेलुका काठमाण्डौ प्रस्थान गर्ने कार्यक्रम रहेको प्रचार विभाग प्रमुख गुप्ताले बताए ।

सम्बन्धित खबर