LIVE
एमाले बाहिरिएपछि मधेशमा नयाँ सरकारको कसरत | आमिन हत्या प्रकरण ः आरोपीका आमाबुवासमेत कानुनी घेरामा | अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन |

जनकपुरधाम । रामजानकी विवाहपञ्चमी महोत्सव रामकलेवा पश्चात भोलि सम्पन्न हुदैछ ।

महोत्सव मुख्य आकर्षक मानिएको भगवान रामजानकीको शुक्रवार दिउँसो स्वयम्बर र राती विवाह सम्पन्न भएको छ । जानकी मन्दिरबाट निकालिएको डोला र राम मन्दिरबाट निकालिएको डोला स्थानीय रंगभूमि मैदानमा पुगेर मिलान गरेपछि स्वयम्बर सम्पन्न भएको हो ।

भागवान रामको डोलाको नेतृत्व गर्दै राम मन्दिरका महन्थ राम गिरी दर्जनौँ सवारी साधन र बाजागाजाका साथ रंगभुमि मैदान वारह विघा पुगेका थिए । यता, जानकी मन्दिरका छोटा महन्थ रामरोशन दास वैष्णवले पनि बाजागाजा तथा लावालश्करसहित वारविघा मैदानमा पुगेका थिए । वारविघामा दुबै डोलामा एकअर्कामा मिलाएर स्वयम्बर गरिएको थियो । सो अवसरमा हेलिकप्टरबाट पुष्पवृष्टि समेत गरिएको थियो ।
स्वयम्बर पश्चात शोभा यात्रा निकालिएको छ ।

शोभा यात्रामा जानकी मन्दिरका छोटा महन्थ रोशन दाससहित भारत अयोध्याबाट आएका साधुसन्तसहितका जन्तीहरु तथा श्रद्र्धालुभक्तजनहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।


शोभा यात्रा पश्चात आजै राती जानकी मन्दिर परिसरमा सीता र रामको वैवाहिक कार्यक्रम भएको छ । वैवाहिक कार्यक्रममा राम मन्दिरका महन्थ राम गिरीले रामका बुबा अर्थात अयोध्याका राजा दशरथको भुमिका तथा जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव सीताको बुवा अर्थात मिथिलाका राजा जनकको भूमिका निर्वाह गरेका छन् ।

वैवाहिक कार्यक्रमका लागि जानकी मन्दिरलाई दुलही झैं श्रृङगारिएको छ । वैवाहिक कार्यक्रमको लागि जानकी मन्दिरमा विवाह मण्डप समेत बनाईएको छ । इलोट्रोनिक वल्वको झिलिमिलिले जानकी मन्दिर अझ आकर्षक देखिएको छ ।


वैवाहिक कार्यक्रम आज राती सम्पन्न पश्चात भोलि शनिवार रामकलेवा कार्यक्रम गरि महोत्सव विधिवत रुपमा सम्पन्न हुनेछ । रामकलेवामा महोत्सवमा भारत अयोध्यासहितबाट जन्तीको रुपमा आएका साधुसन्तहरुलाई जानकी मन्दिरले भोजन खुवाई विदाइ गर्ने गर्छन ।

सम्बन्धित खबर