LIVE
सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद |

जनकपुरधाम । प्रदेशमा क्रियाशील रहेका पत्रकारहरूको बिमा गर्नको लागि मधेश प्रदेश सरकारले राष्ट्रिय बिमा कम्पनीसँग सम्झौता गरेको छ ।
शुक्रवार एक कार्यक्रम मधेशका गृह सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखि र राष्ट्रिय बीमा कम्पनीका व्यवस्थापक देवराज घिमिरेले बिमा सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार गृह सञ्चार तथा कानून मन्त्रालय मातहतको आम सञ्चार प्राधिकरणको सिफारिसमा मधेश प्रदेशका ८ वटै जिल्लामा क्रियाशील रहेका पत्रकारहरूलाई १ लाखको स्वास्थ्य विमा तथा ७ लाखको दुर्घटना विमा गरिनेछ ।
कार्यक्रममा प्रदेशका गृह, सञ्चार तथा कानून मन्त्री लेखीले वर्तमान प्रदेश सरकार सञ्चारमैत्री सरकार भएको उल्लेख रहेको बताउँदै पत्रकारहरूको स्वास्थ्य तथा दुर्घटना विमा निःशुल्क रुपमा गरेर प्रमाणित गरेको दावि गरे । पत्रकारहरूको समस्याप्रति प्रदेश सरकार पूर्ण रुपमा जानकार भएको उनले बताए ।

पत्रकारहरूलाई लोककल्याणकारी विज्ञापन समानुपातिक रुपमा प्रदान गरिने बताउँदै उनले निकट भविष्यमा नै मधेश प्रदेशका सबै शहिद परिवारलाई एक लाखको स्वास्थ्य विमा निःशुल्क रुपमा गर्ने तयारी प्रदेश सरकारले गरेको बताए ।

जनता समाजवादी पार्टीका मधेश प्रदेशका प्रमुख सचेतक रामअशिष यादवले लोकतन्त्र तथा गणतन्त्रको पहरेदारको रुपमा रहेको पत्रकारिता क्षेत्रको विकास तथा पत्रकार सुरक्षाको लागि प्रदेश सरकारले चालेको कदमको सराहना रहेको बताए ।

आमसञ्चार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवले मधेश प्रदेशमा तीन वर्षदेखि निरन्तर रुपमा पत्रकारिता क्षेत्रमा क्रियाशील रहेका सबै पत्रकारहरूको १ लाखको स्वास्थ्य तथा ७ लाखको दुर्घटना विमा गरिने बताए । यसअघि महिलाहरूको स्वास्थ्य विमा गर्दै आएको भए पनि यसपटक ७ सय ३५ पत्रकारहरूको महासङ्घ तथा मिडियाको सिफारिसमा विमा गरिने उनले बताए ।

नेपाल पत्रकार महासङ्घ धनुषाका अध्यक्ष पुरन साहले पत्रकारहरूको स्वास्थ्य तथा सुरक्षाका लागि प्रदेश सरकारले शुरु गरेको स्वास्थ्य तथा दुर्घटना विमा गर्ने नीति स्वागत योग्य भएको बताउँदै यसको निरन्तरतामा ध्यान दिनका लागि आग्रह गरे .
राष्ट्रिय विमा कम्पनीका व्यवस्थापक देवराज घिमिरेको अध्यक्षतामा भएको सो कार्यक्रममा विमा कम्पनीसँग विमितले गर्नुपर्ने दाबी भुक्तानी सहितको विषयमा कम्पनीका अधिकारी निरञ्जन आचार्यले जानकारी गराए ।

पत्रकारहरूको विमाका लागि मधेश प्रदेश सरकारले आवश्यक बजेट विनियोजन चालु आर्थिक वर्षको बजेटमा नै गरेको छ । कार्यक्रममा पत्रकारहरुले बिना कार्यक्रम दुरुपयोग नहुन दिनको लागि नेपाल पत्रकार महासंघ मधेश प्रदेशको समन्वयमा गर्न आग्राह गरेका थिए ।

 

सम्बन्धित खबर