LIVE
युवालाई दुव्र्यसनबाट जोगाउन मधेश प्रहरीद्वारा विशेष अभियान | सहमति पश्चात मृतकको शव बुझे परिवारजन | भत्काउने हल्लाले जनकपुरधाममा गुठीको जग्गामा घर बनाएर बसेकाहरुद्वारा विरोध प्रर्दशन | पहिचान नखुल्दा मृतक महिलाको पोस्टमार्टमा ढिलाई | भोलि साँझदेखि तीव्र गतिको हुरी चल्ने, सतर्क रहन आग्रह | जिसस प्रमुखलाई पत्रकार महासंघ धनुषाले बुझायो ध्यानाकर्षण पत्र | वीरगञ्जमा तीन हजार व्यवसाय अस्तव्यस्त, नौ हजार रोजगारी धरापमा, बजारमा त्रासको माहोल | जंगली बँदेलको आक्रमणबाट सर्लाहीमा एक जनाको मृत्यु | वनजंगलमा अनियमितता रोक्न अभियानद्घारा काँग्रेस सभापति थापालाई खुलापत्र | बुद्धजयन्तीमा प्रधानमन्त्री शाह लुम्बिनी जाने, सम्बोधन नगर्ने |

जनकपुरधाम । प्रदेश सभाबाट पर्यटनको विकास र प्रवद्र्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक आज प्रदेश सभाबाट पारित भएको छ ।
बिहीबार बसेको प्रदेश सभाको वैठकबाट मधेशमा पर्यटनको विकास र प्रवद्र्धनको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मत पारित भएको हो ।
मधेशमा पर्यटनको विकास र प्रवद्र्धनलाई प्रोत्साहित गर्नुको साथै प्रदेशको आर्थिक र सामाजिक विकासमा महत्वपूर्ण योगदान पुर्याउने उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री सकिल अलि मियाले बताए । विधेयकका विभिन्न पक्षहरूको चर्चा गर्दै मन्त्री मियाले मधेशको पर्यटन क्षेत्रमा नयाँ अवसरहरू सिर्जना गर्ने र पर्यटकीय स्थलहरूको प्रवद्र्धनमा पुग्ने दावि गरे ।

‘विद्येयक पारि भएपछि पर्यटनको विकास र प्रवद्र्धन गर्ने सरकारलाई काम गर्न सहज हुने उल्लेख गर्दै मन्त्री मियाले भने,‘यसले स्थानिय रोजगार सिर्जना र विदेशी निवेशको आकर्षण पनि ल्याउनेछ ।’

विधेयकमा मधेश प्रदेशको पर्यटकीय क्षेत्रको विकासको साथै पर्यटन सम्बन्धि नया संरचनात्क ढाँचाहरु,पर्यटन सम्बन्धी नयाँ मार्गदर्शन, नियमावली निमार्ण सहितहरु विषय समावेश गरिएको छ ।

त्यसैगरि, आजै बसेको प्रदेश सभाको बैठकमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्रीले प्रदेश बीउ बिजन सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक प्रस्तुत गरेका छन् । प्रदेश विउ बिजन विद्येयकले प्रदेशका किसानहरुले बिउको लागि वर्षेणी भोग्दै आएको समस्या समाधान हुनेको साथै प्रदेशको समग्र कृषि क्षेत्रमा उल्लेखनिय सहयोग पुग्ने मन्त्री शर्माले बताए ।

 

सम्बन्धित खबर