LIVE
हतियारसहित जनकपुरधामबाट दुई युवक पक्राउ | कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित | जनकपुरमा नेपाल–भारत सीमा बैठक,सीमा क्षेत्र व्यवस्थित बनाउन साझा प्रतिबद्धता | मधेश प्रदेश सरकारले ४१ अर्वको बजेट, चालुवर्षभन्दा १३ प्रतिशत कमको बजेट |

जनकपुरधाम ।  मधेश सरकारले ल्याएको प्रदेशको सरकारी कामकाजको भाषासम्बन्धी विधेयक २०८१ प्रति असन्तुष्टि जनाउँदै बिहीबार जनकपुरधाममा मुख्यमन्त्री सतीशकुमार सिंह र शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारीको पुतलादहन भएको छ ।

हचुवाको भरमा भाषाजस्तो महत्त्वपूर्ण विधेयक ल्याएको भन्दै भाषा अभियन्ताहरूले मुख्यमन्त्री सिंह र शिक्षामन्त्री तिवारीको पुतलादहन गरेका हुन् । त्यसअघि थारू र मुस्लिम समुदायका सांसदहरूले विधेयकमा आफ्नो मातृ भाषालाई समावेश नगरेको भन्दै प्रदेशसभाको गेटअगाडि प्रदर्शन गरेका थिए ।

साँसदको अवरोधको कारण प्रदेश सभाको वैठक स्थगित

शिक्षामन्त्री शर्माले बुधबार प्रदेशसभामा पेस गरेको विधेयकमा नेपालीसँगै मैथिली, भोजपुरी, बज्जिका, हिन्दी र अंग्रेजीलाई सरकारी कामकाजको भाषा रहने उल्लेख छ । त्यसप्रति सांसदहरूले आपत्ति जनाएपछि बिहीबार प्रदेशसभा बैठक नियमित कार्यसूचीमा अघि बढ्न सकेन ।

बैठक सुरु भएलगत्तै शून्य समयमा नेकपा एमालेका सांसद राजेन्द्र चौधरीले प्रदेश सरकारले हचुवाको भरमा ल्याएको विधेयक सच्याउनुपर्ने बताए । विधेयकमा थारूलगायतका मातृ भाषा नसमेटेको तर हिन्दी भाषालाई सरकारी कामकाजको रूपमा मान्यता दिन खोजिएको भन्दै उनले आक्राेश पोखे ।

नेपाली कांग्रेसका सांसद तथा पूर्वमन्त्री वीरेन्द्र सिंहले पनि भाषासम्बन्धी विधेयकमा व्यापक त्रुटि रहेको भन्दै सच्याउन माग गरे । कांग्रेसकै सांसद तथा पूर्वमन्त्री रामसरोज यादवले पनि भाषाविज्ञको सल्लाहबिना नै हचुवाको भरमा ल्याएको विधेयक सरकारले फिर्ता नलिएसम्म कांग्रेसले संसद चल्न नदिने बताए ।

त्यसैगरी, मधेश सरकारको नेतृत्व गरिरहेको जनमत पार्टीका प्रमुख सचेतक तथा पूर्वमन्त्री चन्दन सिंहले छलफलबिना नै विधेयक ल्याइएको भन्दै आपत्ति जनाए । उनले प्रदेशमा बोलिने मातृ भाषालाई नराखिएको भन्दै शिक्षामन्त्रीको आलोचना गरे । उनले मधेशका सबै मातृ भाषालाई विधेयकमा नसमेटे सदन चल्न नदिइने बताए ।

लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका सांसद जयलुन राइनले मधेश प्रदेशमा १२ प्रतिशतभन्दा बढी मुस्लिम समुदायको बसोबास रहेको र मुस्लिम समुदायको मातृ भाषा उर्दुलाई विधेयकमा समावेश नगरिएको भन्दै आपत्ति जनाए ।

माओवादी केन्द्रका सांसद तथा पूर्वमन्त्री युवराज भट्टराईले मधेश प्रदेशमा रहेका मातृ भाषाहरू थारु, उर्दु, मगर, मगही, तामाङलगायतलाई सरकारी कामकाजको भाषाका रूपमा मान्यता दिनुपर्ने बताए ।

एकीकृत समाजवादीका सांसद रत्नेश्वर गोइतले पनि सरकारले भाषासम्बन्धी ल्याएको विधेयकको चर्को अलोचना गरे । भाषा गम्भीर विषय भए पनि सरकारले त्यसको गम्भीरता नबुझेर हचुवाको भरमा विधेयक ल्याएको उनले आरोप लगाए ।

जसपा नेपालका प्रमुख सचेतक रामअशिष यादवले सरकारले भाषा जस्तो गम्भीर विषयमा प्रतिपक्षसँग कुनै छलफल नगरी एकलाैटी गर्न खोजेको बताए । मधेश आन्दोलनको मर्मतविपरीत सरकारले सरकारी कामकाजसम्बन्धी भाषा विधेयक ल्याएको उनले बताए ।

यता प्रदेश सभामुख रामचन्द्र मण्डलले शिक्षामन्त्री तिवारीले विधेयक संसदमा टेबुल गरे पनि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले उक्त विधेयक फिर्ता सरकारले नै फिर्ता लिन खोजेकाले अहिले छलफल गर्न आवश्यक नरहेको बताए । त्यसपछि बैठक नियमित कार्यसूचीमा प्रवेश नगरी स्थगित भयो ।

सम्बन्धित खबर