LIVE
युवालाई दुव्र्यसनबाट जोगाउन मधेश प्रहरीद्वारा विशेष अभियान | सहमति पश्चात मृतकको शव बुझे परिवारजन | भत्काउने हल्लाले जनकपुरधाममा गुठीको जग्गामा घर बनाएर बसेकाहरुद्वारा विरोध प्रर्दशन | पहिचान नखुल्दा मृतक महिलाको पोस्टमार्टमा ढिलाई | भोलि साँझदेखि तीव्र गतिको हुरी चल्ने, सतर्क रहन आग्रह | जिसस प्रमुखलाई पत्रकार महासंघ धनुषाले बुझायो ध्यानाकर्षण पत्र | वीरगञ्जमा तीन हजार व्यवसाय अस्तव्यस्त, नौ हजार रोजगारी धरापमा, बजारमा त्रासको माहोल | जंगली बँदेलको आक्रमणबाट सर्लाहीमा एक जनाको मृत्यु | वनजंगलमा अनियमितता रोक्न अभियानद्घारा काँग्रेस सभापति थापालाई खुलापत्र | बुद्धजयन्तीमा प्रधानमन्त्री शाह लुम्बिनी जाने, सम्बोधन नगर्ने |

जनकपुरधाम । उद्यमशिलता प्रवद्र्धन गर्ने उदेश्यले नबिल बैंक लिमिटेडले संचालन गरेको नबिल स्कुल अफ सोशियल इन्टरप्रेनरसिप (सर्टिफिकेट कोर्स) कार्यक्रम मधेश प्रदेशमा पनि सुरु भएको छ ।

बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत सामाजिक उद्यमशिलता प्रवद्र्धन गर्न देशभरिका सात प्रदेशका ११ वटा शैक्षिक संस्थासँग सहकार्य गर्दै सर्टिफिकेट कोर्स र फेलोसिप कार्यक्रम सञ्चालन गरेको छ । मधेश प्रदेशमा भने बैंकले सो कार्यक्रमको लागि जनकपुरधामका मोनाष्टिक आवासिय माध्यमिक विद्यालयसँग सहकार्य गरेको छ ।

मधेश प्रदेशमा सो कार्यक्रमको पहिलो कोहर्टको औपचारिक सुरुवात शनिवार एक कार्यक्रम बीच गरिएको छ । नबिल बैंक र मोनाष्टिक विद्यालयको सहकार्यमा सञ्चालन भएको यस कार्यक्रममा विभिन्न व्यवसायिक तथा कलात्मक क्षेत्रमा संलग्न रहेका २५ जना सहभागी गराईएको छ ।

सामाजिक उद्यमशिलतामा रुचि राख्ने नयाँ उद्यमीहरूलाई आवश्यक ज्ञान र मार्गनिर्देशन प्रदान गर्दै उनीहरूलाई आत्मनिर्भर बनाउने कार्यक्रमको लक्ष्य रहेको मोनाष्टिक आवासिय माध्यमिक विद्यालयका प्रबन्ध निर्देशक डा.सोनु कुमार साहले बताए । तीन महिनाको अवधिमा सहभागीहरूलाई १४ दिनको एक्सन बेस्ड तालिम दिइनेछ ।

तालिममा ब्रान्डिङ, मार्केटिङ, उद्यमशिलताको विविध पक्षमा प्रशिक्षण दिईने उनले बताए । साथै, अनुभवी उद्यमी र प्रशिक्षकहरूसँगको अनुभव आदानप्रदान, कार्यशाला र फिल्ड भिजिट कार्यक्रम पनि समावेश गरिएको छ ।

कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले यस्ता कार्यक्रमले सामाजिक उद्यमशिलताको विकासमा टेवा पुग्ने बताए । उद्यामशिलता अर्थ उत्पादनको माध्यम रहेको बताउँदै मुख्यमन्त्री सिंहले यस्ता कार्यक्रम अन्य बैंक तथा वितीय संघसंस्थाहरुले संचालन गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका निर्देशक डिल्लीराम सुवेदी, नबिल बैंकका अध्यक्ष उपेन्द्र प्रसाद पौडेल, उद्योग वाणिज्य संघ जनकपुरधामका अध्यक्ष सुरेन्द्र भण्डारी, मोनाष्टिक विद्यालयका प्रबन्ध निर्देशक डा.सोनु कुमार साहलगायतका सहभागिता रहेको थियो ।

 

सम्बन्धित खबर