LIVE
अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग | पोखरी अतिक्रमण हटाउन ‘अन्तिम मौका’, गुठीले दियो थप १५ दिन |

जनकपुरधाम । भारतको प्रयागराजमा महाकुम्भ मेलामा सहभागी भएर फर्किंदै गरेको एकै परिवारका ५ जना नेपाली परिवारको दुर्घटनामा मृत्यु भएको छ ।

महाकुम्भबाट विआर ३२ पिए ४६६१ नम्बरको स्कार्पियोमा महोत्तरीको मनराकट्टी घर फर्किने क्रममा भारत विहारको मुजफ्फरपुर नजिकै मधुवनी फोरलेन सडकमा दुर्घटना भएको हो । उक्त घटनामा महोत्तरीको मनराकट्टीका ट्राफिक प्रहरी जवान मनोहर झाका परिवारका ५ जनाको मृत्यु भएको छ । घटनामा जवान झासहित ४ जना घाईते भएका छन् ।

प्रहरी जवान झा ट्राफिक प्रहरी कार्यालय सिरहामा कार्यरत रहेका छन् । भारतीय संचारमाध्यमका अनुसार दुर्घटनामा मृत्यु हुनेमा मन्तरणा देवी, बालकृष्ण झा, अर्चना ठाकुर, इन्दु देवी र जिप चालक सिरहा निवासी शम्भु ठाकुर रहेका छन् ।

दुर्घटनामा मनोहर झा, कामिनी झा, सृष्टि ठाकुर र एकजना नाम नखुलेका व्यक्ति गीम्भर घाईते भएका छन् । घटनास्थलमा पुगेका प्रत्यक्षदर्शीका अनुसार तीव्र गतिमा रहेको स्कार्पियोले एक मोटरसाईकल चालकलाई बनाउने अनियन्त्रित भई पल्टेको थियो ।


घाइतेलाई मुजफ्फरपुरको एसकेएमसीएच (श्रीकृष्ण मेडिकल कलेज एण्ड हस्पिटल)मा उपचारका लागि भर्ना गरिएको छ । घाइते कामिनी झाले दिएको जानकारी अनुसार उनीहरू प्रयागराजमा महाकुम्भ स्नान सकेर अयोध्या र वाराणसीको धार्मिक यात्रा पनि सम्पन्न गरी घर फर्किंदै थिए ।

मधेश प्रदेश प्रहरी प्रमुख डिआईजी लालमणि अचार्यका अनुसार घटनाको जानकारी पाएलगतै महोत्तरी प्रहरी प्रमुख उप्रहरी उपरीक्षक नकुल पोखेलले भारतीय प्रहरीसँग सम्वनय गरि उद्धारका पहल गर्न निर्देशन दिएको बताए ।

सम्बन्धित खबर