LIVE
युवालाई दुव्र्यसनबाट जोगाउन मधेश प्रहरीद्वारा विशेष अभियान | सहमति पश्चात मृतकको शव बुझे परिवारजन | भत्काउने हल्लाले जनकपुरधाममा गुठीको जग्गामा घर बनाएर बसेकाहरुद्वारा विरोध प्रर्दशन | पहिचान नखुल्दा मृतक महिलाको पोस्टमार्टमा ढिलाई | भोलि साँझदेखि तीव्र गतिको हुरी चल्ने, सतर्क रहन आग्रह | जिसस प्रमुखलाई पत्रकार महासंघ धनुषाले बुझायो ध्यानाकर्षण पत्र | वीरगञ्जमा तीन हजार व्यवसाय अस्तव्यस्त, नौ हजार रोजगारी धरापमा, बजारमा त्रासको माहोल | जंगली बँदेलको आक्रमणबाट सर्लाहीमा एक जनाको मृत्यु | वनजंगलमा अनियमितता रोक्न अभियानद्घारा काँग्रेस सभापति थापालाई खुलापत्र | बुद्धजयन्तीमा प्रधानमन्त्री शाह लुम्बिनी जाने, सम्बोधन नगर्ने |

जनकपुरधाम । सरकारले संविधान संसोधनको विषय उठाएपछि सशंकित बनेका मधेश केन्द्रित दलहरुले संयुक्त मोर्चा बनाउने कसरत गरिहेको वेला संघीय समाजवादी नेपाल र बहुजन एकता पार्टीले वैकल्पिक मोर्चा निर्माणमा जुटेको छ ।

आफुलाई मधेशका ठुला पार्टी भनाउने दलहरुले सत्तासमर्पण र मुद्दाविसर्जनको खेलमा लागेको आरोप लगाउँदै संघीय समाजवादी नेपाल पार्टी र बहुजन एकता पार्टी नेपालले वैकल्पिक मोर्चाको तयारी थालेको हो ।

दलित, बहुजन, मधेसी, मुस्लिम तथा अन्य सीमान्तकृत समुदायहरूको राजनीतिक तथा सामाजिक अधिकार सुनिश्चित गर्न संयुक्त मोर्चा बनाई देशभरि देशव्यापी जनजागरण अभियान चलाउने संघीय समाजवादी नेपाल पार्टीका अध्यक्ष तथा पुर्व गृहराज्यमन्त्री रिजवान अन्सारीले बताए ।

दलित, जनजाती, मुस्लिम तथा पछाडि परेका वा पारिएका वर्गको मुद्दा उठाने समावेशी शक्तिहरुसँग सहकार्य गरेर वैकल्पिक मोर्चालाई बलियो बनाउने रणनीति लिएको उनको भनाई छ ।

सरकारले समानुपातिक प्रतिनिधित्व खारेज गर्ने, दुई दलीय व्यवस्था लाद्न खोजेको तथा थ्रेसहोल्ड बढाएर सीमान्तकृत समुदायहरूको राजनीतिक सहभागितालाई सीमित गर्ने षडयन्त्रमा लागेको दावि गर्दै अध्यक्ष अन्सारीले भने,‘ अव सत्तासमर्पण र मुद्दाविसर्जन दलहरुसँग मधेशी, थारु, दलित, मुस्लिम तथा पछाडि परेका वर्गको हक अधिकारको सुनिश्चता र उत्थानका लागि वैकल्पिक शक्तिको आवश्यकता छ ।’

सङ्घीय समावेशी लोकतान्त्रिक व्यवस्थालाई मलजल गर्न बहुजन–मुस्लिम, आदिवासी जनजाति निषाद समुदाय र पिछडा वर्ग मधेसीलगायत समुदायलाई एकताबद्ध हुनुको विकल्प नरहेको बहुजन एकता पार्टी नेपालका अध्यक्ष हरिनन्दन कुमार रंजनले बताए ।

संविधान संशोधनको नाममा बहुजन समुदायको हक कुण्ठित गर्न खोजिएको उनले आरोप समेत लगाए ।

सम्बन्धित खबर