LIVE
कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित | जनकपुरमा नेपाल–भारत सीमा बैठक,सीमा क्षेत्र व्यवस्थित बनाउन साझा प्रतिबद्धता | मधेश प्रदेश सरकारले ४१ अर्वको बजेट, चालुवर्षभन्दा १३ प्रतिशत कमको बजेट | कांग्रेसका असन्तुष्ट नेताहरुको जनकपुरधाममा प्रदेशस्तरीय भेला, पार्टी एकतामा जोड |

जनकपुरधाम । जनकपुर साहित्य महोत्सवको छैटो संस्करण आज सम्पन्न भएको छ ।

महोत्सवको तेस्रो अर्थात अन्तिम दिन शनिवार विभिन्न विषयमा गहन विर्शस भएको छ । अन्तिम दिनको प्रमुख आकर्षण ‘मधेशको मत’ सत्रमा मधेशको राजनीति, जनचेतना र बदलिँदो सामाजिक संरचनामा गहन विमर्श भएको छ । उक्त सत्रमा एमालेका नेता तथा प्रतिनिधी सभा सदस्य योगेश भट्टाराई, डा. अमरेश सिंह र जसपा नेपालका प्रवक्ता तथा प्रदेश साँसद मनिष सुमन, मधेशको वर्तमान राजनीतिक अवस्थादेखि सामाजिक संरचनासम्मका विभिन्न पक्षहरू उजागर गरेका थिए ।

सत्रमा नेता भट्टराईले मधेशको बदलिँदो सामाजिक संरचनालाई विश्लेषण गर्दै समावेशिता, लैङ्गिक समानता र समुदायबीचको समन्वयमा केन्द्रित रहेर आफ्ना विचार राखे । उनले भने, ‘मधेशमा सामाजिक रूपान्तरणका लागि भएको आन्दोलनले ठूला उपलब्धिहरू हासिल गरे पनि सामाजिक स्तरमा समानता र समावेशीताको पूर्णतः कार्यान्वयन हुन सकेको छैन । विशेष गरी लैङ्गिक समानता र सामाजिक न्यायको क्षेत्रमा अझै धेरै चुनौतीहरू छन् ।’

मधेशको सामाजिक संरचना बदलिँदै गए पनि सामाजिक आर्थिक असमानता, जातीय विभाजन र लैङ्गिक असमानताको समस्या अझै गहिरो रहेको उनको भनाई थियो । त्यस्तै, प्रतिनिधि सभा सदस्य डा. अमरेश कुमार सिंहले मधेशको विकासमा शिक्षा र स्वास्थ्यको भूमिका उजागर गर्दै यस क्षेत्रमा आवश्यक सुधार र नीतिगत परिवर्तनबारे आफ्ना विचारहरू राखे ।

 

उनले मधेशमा शिक्षाको पहुँच, गुणस्तर र स्वास्थ्य सेवाको उपलब्धता र गुणवत्ता सुधारका लागि सरकारी प्रयासहरू अपर्याप्त भएको बताउँदै सामाजिक न्याय र समान अवसर प्रदान गर्न यी दुवै क्षेत्रको सुधार अपरिहार्य रहेको बताए । ‘मधेशी जनताले यस्ता आधारभूत सुविधाहरूमा सहज पहुँच नपाउँदा समृद्धिका योजना केवल दस्तावेजमा सीमित भइरहेका छन्,’ उनले भने ।

त्यसैगरि, प्रवक्ता सुमनले मधेशको राजनीति अहिले गहन परिवर्तनको मोडमा रहेको बताउँदै मधेशी समुदायको राजनीतिक सहभागिता, संघीयताको कार्यान्वयन र समावेशी नीतिहरूको प्रभावकारितामा आफ्नो धारणा व्यक्त गरे । उनले मधेशी जनतामा विद्यमान असन्तोष, राजनीतिक व्यवस्थाप्रतिको भरोसाको कमी र विकेन्द्रीकरणको क्रममा देखिएका अवरोधहरूबारे विस्तृत विश्लेषण प्रस्तुत गरेका थिए ।

त्यसैगरि, आजै ‘संविधान, संघीयता र कानूनी राज्यको अभ्यास’ सम्बन्धी सत्रमा प्रमुख वक्ता पूर्व प्रधानन्यायाधिश कल्याण श्रेष्ठले नेपालको संघीय संरचना, कानूनी राज्यको अवस्था र संविधानको कार्यान्वयनमा भएका चुनौतीहरूलाई गहन रूपमा विश्लेषण गरेका छन् ।

श्रेष्ठले नेपालले संघीय संरचना अपनाएको दशक लामो यात्रा अवधिमा संविधान कार्यान्वयनमा देखिएका चुनौतीहरूको गहन चित्रण गरेका छन् । संविधानको सफल कार्यान्वयनको लागि सरकारको दृढता र जनप्रतिनिधिहरूको इमानदारी आवश्यक रहेको उनको भनाई थियो ।

त्यसैगरि, ‘समाज, साहित्य र सिनेमा–३ ‘स’ को अन्तरसम्बन्ध र ‘सीता ः बियाहक संस्कार आ परम्पराके समृद्ध साझा धरोहरक प्रतिरुप’ विषयमा महत्वपूर्ण सत्र भएको थियो ।

सम्बन्धित खबर