LIVE
धान दिवसमा जलवायुमैत्री खेतीमा जोड | जानकी प्लास्टिक उद्योगमा छापा, छापापछि रातारात नक्कली पाइप गायब, सञ्चालिका फरार | बागमती नदिमा डुबेर दुई बालकको मृत्यु | हतियारसहित जनकपुरधामबाट दुई युवक पक्राउ | कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने |

रौतहट । नेपाली काँग्रेस मधेश प्रदेश प्रचार प्रसार विभागका प्रमुख नितेशकुमार गुप्ताले मधेश प्रदेशको वर्तमान मुख्यमन्त्री सतिश कुमार सिंह सबैभन्दा असफल भएको आरोप लगाएका छन् ।

ऋहिले सम्म सरकारको बजेट ४० प्रतिशत सम्म खर्च हुनुपर्ने वेलामा प्रदेश सरकारको विकास खर्च एकदम न्युन रहनु सरकारको ठुलो असफलता रहेको रहेको उनले टिप्पणी गरे । मुख्यमन्त्री सिंहले विकासको नाममा केही गर्न नसकेको उल्लेख गर्दै उनले अहिले सम्मका मुख्यमन्त्रीहरुको सूचीमा सबैभन्दा असफल मुख्यमन्त्री सतिश सिंह रहेको गम्भीर आरोप लगाए ।

सोमवार नेपाल निजामती कर्मचारी युनियनको रौतहट जिल्ला अधिवेशनलाई सम्बोधन गर्दे प्रचार विभाग प्रमुख गुप्ताले जब सम्म नेपाली काँग्रेसको नेतृत्वमा मधेश सरकारको निर्माण हुँदैनन् तब सम्म मधेश प्रदेशमा विकासको लहर नआउने उनले दावि गरे ।

भ्रष्टाचार, लुटतन्त्र, कमिशन चक्करमा रहेका वर्तमान सरकारको कार्य नीतिबाट मधेशमा विकासको नममा भ्रष्टाचार मौलाउदै गएको उनले बताए । साना साना कर्मचारीलाई अख्तियारले समाउने तर ठूल ठूला सचिवहरुलाई संरक्षण गरेको हुँदा नेपालमा अख्तियार प्रतिको विश्वासमा ह्रास आएको उनको भनाई थियो ।

सम्बन्धित खबर