LIVE
अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग | पोखरी अतिक्रमण हटाउन ‘अन्तिम मौका’, गुठीले दियो थप १५ दिन |

जनकपुरधाम । नेपालका अजमेर सरिफ भनिएका महोत्तरीको रौजा मजार शरीफमा प्रत्येक वर्ष जस्तै यस वर्षपनि उर्स(जलसा) हुने भएको छ ।
रौजा मजार शरीफ विकास समितिका अध्यक्ष सलिम राईनको अध्यक्षतामा बसेको वैठकले अगामी चैत २६, २७ २८ गते तीन दिवसिय उर्स भव्य रुपमा मनाउने निर्णय भएको छ । मजार शरीफ विकास समितिका अध्यक्ष राईनले तीन दिवसीय उर्सलाई भव्य बनाउने नेपाल तथा छिमेकी राष्ट्र भारतबाट प्रसिद्ध धार्मिक प्रवचन गर्न मोफ्ती, मौलना तथा शायरहरु आउने बताए ।


नेपाल, भारतसहित बाट लाखौको संख्यामा को उर्समा सहभागि हुने धार्मिक पर्यटकलाइै मध्यनजर गर्दै मजार विकास समितिले विभिन्न उपसमितिहरु समेत गठन गरेको छ । मजारमा बाबा गदाअली शाह,बाबा रहम अली शाह र वहार अली शाहको मजार शरीफ रहेको छ ।

भागकल पुराभएका तथा विभिन्न मनोकांक्षा राख्नेहरु दैनिक हजारौको संख्यामा बाबाको मजार शरीफमा आउने गरेका छन् ।

 

सम्बन्धित खबर