LIVE
सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद |

जनकपुरधाम । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले संविधान, संघीयता, अधिकार क्षेत्र र संघीयताको विशेषताहरू जस्ता विषयमा विद्यार्थीहरूलाई अध्ययापन गराउने भएको छ ।

राजर्षि जनक विश्वविद्यालय अन्तर्गतको आंगिक क्याम्पसमा प्राध्यापकका रूपमा कक्षा सञ्चालन गर्ने प्रस्ताव पठाएका छन् । सभामुख मण्डल पूर्व शिक्षक पनि हुन् । उनी अब पुनः प्राध्यापन पेशामा फर्कन चाहन्छन् । उनका प्रमुख स्वकीय सचिव रमेश कुमार मण्डलका अनुसार सभामुखले विश्वविद्यालयमा संविधान, संघीयता, विश्वभरका संघीयताका उदाहरणहरू जस्ता विषयमा पढाउनेछन् ।

उनले भने, ‘राजनीतिका कारण आफ्नो पुरानो प्राध्यापन पेशा छुटेको थियो । अहिले सभामुख मण्डल राजनीतिमा सक्रिय नरहेकाले संघीयताबारे फैलिरहेको नकारात्मक प्रचारलाई चिर्ने प्रयासका रूपमा यस कदमलाई लिएको छु ।’

सभामुख मण्डलले भने,‘संघीयता नेपालमा नयाँ अभ्यास हो । र, यसको महत्त्वपूर्ण पिरियडमा केही व्यक्तिहरुले संघीयता र प्रदेशहरूबारे द्वेषपूर्ण अभिव्यक्ति दिइरहेका छन् । त्यसैले मैले प्रदेशका विभिन्न जिल्लाहरूमा उच्च माध्यमिक विद्यालय र कलेजहरूमा संघीयताको बारेमा प्राध्यापन गर्ने योजना बनाएको छु ।’

उनले संघीयताको सही मर्म र अभ्यासलाई बुझाउन विद्यार्थीहरूलाई मार्गदर्शन गर्ने आफ्नो उद्देश्य रहेको बताए ।

सम्बन्धित खबर