LIVE
सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद |

जनकपुरधाम । संविधान संसोधनको नाममा सरकारले विगतका आन्दोलनहरुबाट प्राप्त उपलब्धीलाई खोस्ने षडयन्त्र गरेको भन्दै संघीय समाजवादी नेपाल र बहुजन एकता पार्टीले गठन गरेको वैकल्पिक मार्चालाई विस्तार गरिने भएको छ ।

ंमंगलवार भएको विभिन्न १० वटा राजनीतिक दलहरुको वैठकले संविधानको संरक्षण, दलित, बहुजन, मधेसी, मुस्लिम तथा अन्य सीमान्तकृत समुदायहरूको राजनीतिक तथा सामाजिक अधिकार सुनिश्चितका लागि गठन गरिएको वैकल्पिक मोर्चा मार्फत महाअभियान संचालन गर्ने निर्णय भएको छ ।

वैठकमा नेपाली जनता दलका अध्यक्ष हरिचरण साह, इतिहासिक जनता पार्टीका बद्री नारयाण ठाकुर,मधेश प्रदेशका पुर्व गृहमन्त्री बिमला अन्सारी, नेपाल सदभावना पार्टीका महसचिव पवन कुमार साह, बहुजन एकता पार्टीका वरिष्ठ वरिष्ठ नेता राजाराम पासवान, जनअधिकार पार्टी नेपालका अध्यक्ष इमदाद गद्दी,नेपाल सदभावना पार्टीका रामकुमार महतो, रष्ट्रिय मुक्ति पार्टीका केन्द्रिय सदस्य संजय सिंहसहितका सहभागिता रहेको थियो ।

वैठकबाट वैकल्पिक मोर्चाले थाल्ने महाअभियानको जिम्मेवारी संघीय समाजवादी नेपाल पार्टीका अध्यक्ष तथा पुर्व गृहराज्यमन्त्री रिजवान अन्सारीलाई दिईएको छ ।

मधेशका ठुला पार्टी भनाउने दलहरुले सत्तासमर्पण र मुद्दाविसर्जनको खेलमा लागेको तथा उनीहरुमाथि मधेशी जनताको भरोसा समाप्त भएको भन्दै आफुहरुले विगतका आन्दोलनबाट प्राप्त उपलब्धीको रक्षा तथा थप अधिकारको लागि आफुहरुले वैकल्पिक मोर्चालाई विस्तार गर्न लागेको अध्यक्ष अन्सारीले बताए ।

दलित, बहुजन, मधेसी, मुस्लिम तथा अन्य सीमान्तकृत समुदायहरूको राजनीतिक तथा सामाजिक अधिकार सुनिश्चित गर्न संयुक्त मोर्चा बनाई देशभरि देशव्यापी जनजागरण अभियान चलाउने संघीय समाजवादी नेपाल पार्टीका अध्यक्ष तथा पुर्व गृहराज्यमन्त्री रिजवान अन्सारीले बताए ।

दलित, जनजाती, मुस्लिम तथा पछाडि परेका वा पारिएका वर्गको मुद्दा उठाने समावेशी शक्तिहरुसँग सहकार्य गरेर वैकल्पिक मोर्चालाई बलियो बनाउने रणनीति लिएको उनको भनाई छ । सरकारले समानुपातिक प्रतिनिधित्व खारेज गर्ने, थ्रेसहोल्ड बढाएर नयाँ पार्टीहरुलाई निषेध गर्ने तथा दुई दलीय व्यवस्था लाग्द खोजेको उनले आरोप लगाए ।

सम्बन्धित खबर