LIVE
हतियारसहित जनकपुरधामबाट दुई युवक पक्राउ | कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित | जनकपुरमा नेपाल–भारत सीमा बैठक,सीमा क्षेत्र व्यवस्थित बनाउन साझा प्रतिबद्धता | मधेश प्रदेश सरकारले ४१ अर्वको बजेट, चालुवर्षभन्दा १३ प्रतिशत कमको बजेट |

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेशका सचिव हदिश खुद्दारलाई एक कार्यक्रम बीच सम्मान गरिएको छ ।

शव–ए–बरातको अवसरमा जनकपुरधाम–२३ लादोका मदरसा नुरिया र कादरी कमिटिले संयुक्त रुपमा आयोजना गरेको रक्तदान तथा सम्मान कार्यक्रममा सचिव खुद्दारलाई सम्मान गरिएको छ ।

निष्पक्ष तथा निर्भिक रहि निरन्तर जनपक्षीय पत्रकारकारिताको माध्यमले समाजका पछाडि परेका वर्गको उत्थान तथा कलमको माध्यमले मुलुकमा लोकतान्त्रिक व्यवस्थामा महत्वपुर्ण योगदान पुर्याएको भन्दै आयोजकले नयाँ पत्रिकाकर्मी खुद्दारलाई सम्मान गरेको हो ।


कार्यक्रममा सहभागि भएका प्रमुख अतिथि नेकपा एमालेका मधेश प्रदेश साँसद दिपेन्द्र ठाकुर, विशिष्ठ अतिथि मधेश प्रदेश प्रहरी प्रमुख लालमणि आचार्य, जनकपुरधामका पुर्व मेयर लालकिशोर साहसहितलाई सम्मान गरिएको थियो ।

त्यसैगरि, कार्यक्रममा २५ जनाले रक्तदान गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश साँसद दिपेन्द्र ठाकुरले मुलुकमा व्यवस्था परिवर्तन भएपनि मुस्लिम समुदाय अझै न्यायोचित हकअधिकारबाट वञ्चित रहेको बताए ।


जनकपुरधाममा उपमहानगरपालिकामा उल्लेखनिय संख्यामा मुस्लिम समुदायको बसोवास रहेपनि एउटा पनि मोसाफिरखाना रहनु दुःखद विषय रहेको बताए । शव–ए–बरातको शुभकामना व्यक्त गर्दै मुस्लिम समुदायलाई संगठित हुन आग्रहा समेत गरे ।

कार्यक्रममा मधेश प्रदेश प्रहरी डिआईजी लालमाणि आचार्यले रक्तदान जीवन दान रहेकोले रक्तदान गरेर कसैको ज्यान बचाउनु मानव कल्याण रहेको बताए । सुरक्षा निकायमा कार्यरत सबै सुरक्षाकर्मीको रगतको ग्रुप रेकर्ड राखिन्छ, उनले भने,‘ कुनै व्यक्तिलाई रगतको अति अवश्यकता परेको वेलामा हाम्रो सुरक्षाकर्मीले रगत दिएर ज्यान बचाउने काम गर्छन् ।’ उनले मानव जीवन बचाउन रक्तदानको महत्वबारे जागरूकता फैलाउनुपर्ने आवश्यकता रहेको बताए ।


कार्यक्रममा जनकपुरधामको पुर्व मेयर लालकिशोर साहले शव–ए–बरातको शुभकामना व्यक्त गर्दै जनकपुरधामको विकास ठप्प जस्तै भएकोमा चिन्ता व्यक्त गरे ।


युवा नेता अजिज राईनको अध्यक्षतामा भएको रक्तदान कार्यक्रममलाई नेकपा एमालेका नेता हकिम राईन, जसपा नेपालका नेता मोजिम राईन, युवा नेता मोसाहिद हुसेन, जनमत पार्टीका केन्द्रिय साविर राईनसहितले मन्तव राखेका थिए । कार्यक्रमको उद्घोषण मुस्लिम अगुवा नेता तथा समाजसेवि साजिद हुसेनले गरेका थिए ।

सम्बन्धित खबर