LIVE
कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित | जनकपुरमा नेपाल–भारत सीमा बैठक,सीमा क्षेत्र व्यवस्थित बनाउन साझा प्रतिबद्धता | मधेश प्रदेश सरकारले ४१ अर्वको बजेट, चालुवर्षभन्दा १३ प्रतिशत कमको बजेट | कांग्रेसका असन्तुष्ट नेताहरुको जनकपुरधाममा प्रदेशस्तरीय भेला, पार्टी एकतामा जोड |

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले अस्पतालहरुमा गर्ने गरेको छड्केको बिषयमा जवाफ माग्ने जनकपुरधाम उप–महानगरपालिकाका उप–प्रमुख किशोरी साहले बताएका छन् ।

जनकपुरधाम उप–महानगर क्षेत्र भित्रका अस्पतालहरुमा अनुगमन तथा छड्के गर्ने अधिकार मुख्यमन्त्री तथा सम्वन्धित मन्त्रालय संग हुँदा पनि जनकपुरधाम उप–महानगर हाता भित्र रहेका अस्पतालहरुमा छड्के गर्ने तर, उप–महानगरपालिकालाई बाइपास गरी गर्ने अनुगमनको बिषयमा आपूmहरुले मुख्यमन्त्री संगको बैठकमा जवाफ माग्ने बताए ।

जनकपुरधामको स्वास्थ्य क्षेत्रमा भूइचालो आएको बेला मोवाइल अफ गरेर बसेका जनकपुरधाम उप–महानगरका प्रमुख मनोजकुमार साहको अनुपस्थितिमा उप–प्रमुख साहले भने–‘हाम्रो अधिकार खोसिएको त छैन् तर, हामीलाई बाइपास गरियो ।’
सरकार ढल्ने सम्भावना जति जति बढ्दै गएको छ मुख्यमन्त्री सिंह जनकपुरधामको अस्पतालहरुमा छड्केलाई त्यति त्यति तिव्रता दिएका छन् । उनले भने–‘अनुगमन गर्ने अधिकार हामी संग छ, हामीले कसलाई सोध्छौ कसलाई सोध्दैनौ त्यो हाम्रो अधिकार हो ।’ मुख्यमन्त्री सिंहले थालेको अनुगमनमा मात्रै सानो अस्पतालहरुलाई टारगेट गरिएको छ ।

‘मुख्यमन्त्री सिंह मात्रै दर्ता हेर्ने गरेका छन्, नेपाल सरकारको मापदण्ड अनुसार अस्पताल सञ्चालनमा छ कि छैन् हेर्दैन्’–‘एक जना विज्ञले भने–‘जनकपुरधामका ठूल ठूला होस्पिटलहरु मापदण्ड विपरीत सञ्चालनमा छ ।’

जनकपुरधाम उप–महानगरपालिकाका उप–प्रमुख किसोरी साहले मुख्यमन्त्री राम्रो काम गर्दै छन् कि खराव उहाँ संगको बैठकमा प्रश्न गर्ने बताए ।

जनकपुरधाम उप महानगर–७ का विवेक साह भन्छन्–‘अहिलेका मुख्यमन्त्रीलाई मधेश प्रदेशका मुख्यमन्त्री नभनौ उहाँ जनकपुरधामका मेयरको भूमिकामा हुनुहुन्छ, मधेश प्रदेशका मुख्यमन्त्री भएको भए वीरगञ्ज देखि राजविराज सम्मको अस्पतालमा छड्के गर्नु हुन्थयो । उहाँका आसेपासे अहिले बार्तामा व्यस्त हुनु हुन्छ । बुहारी कुटेर सासु धम्काउने काम हुँदैछ ।’

जनकपुरधाम–५ का मुसाफिर साहले भने–‘अस्पतालहरुमा अनुगमन होस, नेपाल सरकारका नम्स नमानेकाहरुलाई कारवाही होस तर, पैसाको चलखेल हुनु परेन् । हामी सुन्दैछौं कि मुख्यमन्त्री जी सामूहिक कुरा भन्दा वान टु वान कुरा गर्न बढी रुचाउनु हुन्छ ।’

सम्बन्धित खबर