LIVE
कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित | जनकपुरमा नेपाल–भारत सीमा बैठक,सीमा क्षेत्र व्यवस्थित बनाउन साझा प्रतिबद्धता | मधेश प्रदेश सरकारले ४१ अर्वको बजेट, चालुवर्षभन्दा १३ प्रतिशत कमको बजेट | कांग्रेसका असन्तुष्ट नेताहरुको जनकपुरधाममा प्रदेशस्तरीय भेला, पार्टी एकतामा जोड |

जनकपुरधाम । मधेशी एकता समाज यूएईले दुबईको बरदुबई स्थित क्लब एसकेमा भव्य होली मिलन कार्यक्रम सम्पन्न भएको छ ।

समाजका यूएई अध्यक्ष रोशन माक्र्सिस्टको अध्यक्षतामा भएको कार्यक्रममा पुर्व उपप्रधानमन्त्री तथा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव प्रमुख अतिथिका रूपमा थिए। कार्यक्रममा आबुधाबीस्थित नेपाली दूतावासका राजदूत तेज बहादुर क्षेत्री, मधेशी एकता समाजका संस्थापक तथा अन्तर्राष्ट्रिय अध्यक्ष डा. रबिन्द्र कुमार यादव, दूतावासका तृतीय सचिव बिमलेश मिश्र, श्रम सहचारी पंकज लावकर्ण, मधेशी एकता समाज नेपालका संयोजक डा.बबी सिंह यादव, अन्तर्राष्ट्रिय समितिका महासचिव मुकेश झा, एनआरएनए यूएईका महासचिव भुवन कुमार वाग्ले, नेपाल जनप्रगतिशील मञ्च यूएईका अध्यक्ष लक्ष्मण खनाल, नेपाल पत्रकार महासंघ यूएईका अध्यक्ष मेघराज सापकोटा सहभागि रहेका थिए ।
त्यसैगरि, कार्यक्रममा कायकल्प टिभी÷च्यानलका कृष्ण कुमार दुलाल, नेपाल विश्वकर्मा समाजका अध्यक्ष गगन बीके, कोच राजवंशी प्रवासी समाजका शोभा राजवंशी र सावित्री राजवंशीसहितको उपस्थिति रहेको थियो ।

महासचिव सुरेश यादव र सह–अध्यक्ष÷प्रवक्ता शैलेन्द्र रायले उद्घाटन समारोहको संचालन गरे भने सांस्कृतिक कार्यक्रमको संचालन भोला पासवान र मनोज परदेशीले गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य यूएईमा नर्सको रूपमा कार्यरत चर्चित टिकटक स्टार सुगम शर्माले राखेकी थिइन्।

समारोहमा सांस्कृतिक नाचगान, होली गीत, जोगिरा गायन भएको थियो । नेपालबाट आएका चर्चित कलाकार रविराज साह र शोभा पासवानले आफ्नो प्रस्तुतिले दर्शकलाई मनोरञ्जित तुल्याए । स्थानीय कलाकार भोला पासवान, ईशा, अनाया, भिरु यादव, स्लोन्ली एन्जल र नेपाली बोइज ग्रुपले पनि आकर्षक प्रस्तुति दिए ।

उद्घाटन सत्रमा उपेन्द्र यादव, तेज बहादुर क्षेत्री र डा. रबिन्द्र कुमार यादवले आफ्नो मन्तव्य राखे । समारोहमा यूएईमा भूउपग्रहको सफ्टवेयर डिजाइन गर्ने मुकेश झा, मिसाइल डिजाइनमा कार्यरत इन्जिनियर दीपक कुमार यादव, दुबईमा कारखाना स्थापना गर्ने पहिलो मधेशी विनेश यादव र अन्य मधेशी उद्यमीहरू गणेश पूर्वे र जीवछ साहलाई सम्मान गरिएको थियो ।

नेपालमा होली मार्च १४ मा भए पनि रमजानको पवित्र महिना फेब्रुअरी २८ देखि मार्च ३० सम्म चल्ने भएकाले दुबईमा होली समारोह रमजान अगावै मनाईएको आयोजकले जनाएको छ ।

सम्बन्धित खबर