जनकपुरधाम । नेकपा एमाले धनुषाको जिल्ला नेतृत्वको लागि आज निर्वाचन हुदै छ ।
नेकपा एमाले धनुषाको ८ औँ जिल्ला अधिवेशनको बन्दसत्रमा नेतृत्वको लागि सहमति नभएपछि आज निर्वाचन प्रक्रिया अघि बढाईएको छ । जिल्ला अध्यक्षको पद दुई गुटले छोडन नमानेपछि अधिवेशन निर्वाचन पक्रियामा गएको नेकपा एमालेका स्थानीय नेताहरुको भनाई छ । धनुषामा एमालेका केन्द्रिय सचिव रघुविर महासेठ र जिल्ला इन्र्चाज तथा एमालेकी पोल्टि व्युरो सदस्य जुलीकुमारी महतोले सहमतको लागि निकै सक्रियता देखाउँदाँ पनि अर्को उमाशंकर अगरागरिया र प्रदेश सभामुख रामचन्द्र मण्डल गुट बीच सोमवार कुरा नमिल्दा निर्वाचन प्रक्रियामा जाने सहमति भएको थियो ।

सुरुमा जिल्ला अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष राजकिशोर यादव, उपाध्यक्ष भोला यादव, सचिव तेजनारायण यादव, लक्ष्मीनारायण यादव र सन्तोष यादव आकांक्षी देखिएका थिए । तर सहमतिको प्रयास असफल भएपछि महासेठ–महतो समूहको तर्फबाट अध्यक्ष पदमा भोला यादव र अरगरीया–सभामुख मण्डल समुहबाट लक्ष्मीनारायण यादवलाई अध्यक्ष पदका उम्मेदवार बनाएको छ ।

भोला यादवको टिममा उपाध्यक्षमा तेजनारायण यादव, सचिव पदमा दीपनारायण ठाकुर दीपन, उपसचिव पदमा सविन विक्रम थापा, उपसचिव महिला कोटा पदमा रुका कुमारी मिश्रले उम्मेदवारी दिएका छन् । त्यसैगरि, लक्ष्मीनारायणको टिममा उपाध्यक्षमा जयप्रकाश सोनरैत, सचिवा धीरेन्द्रकुमार मण्डल, उपसचिवामासुरेश ठाकुर, उपसचिव महिला कोटामा किरण कापरलाई उम्मेदवारी दिएका छन् ।
धनुषामा अधिवेशनमा ६५० प्रतिनिधिहरू सहभागी भएका छन् । उनीहरुले निर्वाचनमा मतदान गर्न पाउने छन् । अधिवेशनबाट अध्यक्षलगायत पदाधिकारीसहित १३५ सदस्यीय जिल्ला कमिटी चयन गरिने निर्वाचन समितिले जनाएको छ । पार्टीका केन्द्रिय सचिव महासेठको गृहजिल्ला भएकोले बहुसंख्यक अधिवेशन प्रतिनिधी महासेठका समर्थक हुन । तर मतदान गोप्य हुने र निर्वाचनमा विभिन्न प्याक्टरले काम गरेपछि अध्यक्षमा को बाँजी मार्ने अहिले गर्भको विषय रहेको छ ।






