LIVE
भत्काउने हल्लाले जनकपुरधाममा गुठीको जग्गामा घर बनाएर बसेकाहरुद्वारा विरोध प्रर्दशन | पहिचान नखुल्दा मृतक महिलाको पोस्टमार्टमा ढिलाई | भोलि साँझदेखि तीव्र गतिको हुरी चल्ने, सतर्क रहन आग्रह | जिसस प्रमुखलाई पत्रकार महासंघ धनुषाले बुझायो ध्यानाकर्षण पत्र | वीरगञ्जमा तीन हजार व्यवसाय अस्तव्यस्त, नौ हजार रोजगारी धरापमा, बजारमा त्रासको माहोल | जंगली बँदेलको आक्रमणबाट सर्लाहीमा एक जनाको मृत्यु | वनजंगलमा अनियमितता रोक्न अभियानद्घारा काँग्रेस सभापति थापालाई खुलापत्र | बुद्धजयन्तीमा प्रधानमन्त्री शाह लुम्बिनी जाने, सम्बोधन नगर्ने | पर्साका विभिन्न स्थानको अतिक्रण हटाईदै, गण्डक नहर क्षेत्रमा सात सयभन्दा बढी संरचना हटाइयो | उद्योगी शेखर गोल्छा काठमाडौंबाट पक्राउ |

जनकपुरधाम । नेकपा (एमाले) धनुषाको आठौं जिल्ला अधिवेशन दुई पक्षको विवादको अनिश्चितकालका लागि स्थगित भएको छ ।

जनकपुरधामस्थित महेन्द्र नारायण निधि सभागृहमा जारी अधिवेशनमा उम्मेदवारहरुको अन्तिम नामावली सार्वजनिक भएपछि दुई पक्षबीच चुलिएको विवाद उग्र रुप लिएपछि झपड भएको हो । झपडमा अध्यक्ष पदका उम्मेदवार भोला यादव पक्षका सत्यनारायण महासेठ र महेश दास घाईते भएका छन् । महासेठ पार्टीका केन्द्रिय सचिव रघुवीर महासेठका दाई हुन । त्यसैगरि, अर्को समुहका राजकिशोर यादव, लव अधिकारीमाथि कुटपिट गरिएको भएको । झपडको क्रममा निर्वाचन समितिको कक्षमा रहेको कम्पुटर, फोटोकोपी मेसिनसहिता तोडफोड भएको छ ।
२० वैशाखदेखि सुरु भएको अधिवेशनमा दुई बीच नेतृत्वलाई लिएर कुरा नमिल्दा आज मंगलवार निर्वाचनमा जाने सहमति भएको थियो । सोही सहमति अनुसार सोमवार राती उम्मेदवारी दर्ता भएको थियो । सोमवार राती नै निर्वाचन समितिले मतदाता र उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरेको थियो ।
आज ंमंगलवार १० बजेदेखि मतदान सुरु गर्ने तयारी गरिएको थियो । तर केन्द्रिय सदस्य उमाशंकर अरगरिया तथा निवर्तमान अध्यक्ष राजकिशोर यादव पक्षले आफ्नो टिमबाट उम्मेदवारी दिएका केहि व्यक्तिको नक्कली हस्ताक्षर गरि उम्मेदवारी फिर्ता गराएको तथा उम्मेदवारीको लागि तोकिएको समयभित्र उम्मेदवारी नदिएका व्यक्तिको नाम उम्मेदवारको अन्तिम नामावालीमा समावेश गरिएको अरोप लगाउँदै सच्चाउन निर्वाचन समितिसँग माग गरेका थिए । त्यसका लागि उनीहरु म्तदान स्थलमै शान्तिपुर्ण धर्ना दिईरहेका थिए ।
अर्को तर्फ अर्थात पार्टीका केन्द्रिय सचिव रघुवीर महासेठ निकट भोला यादवका समर्थकहरुले मतदान माग गर्दै नाराबाजी गरिहेका थिए ।

त्यही समयमा दुई समुहबीच भनाभान भई तथा कुर्सी हानाहान भएको थियो । निर्वातमान अध्यक्ष राजशिकोर यादवमाथि समेत हातपात भएको छ । केन्द्रिय सदस्य उमाशंकर अरगरिया तथा निवर्तमान अध्यक्ष राजकिशोर यादवको समुहबाट लक्ष्मीनारायण यादवले अध्यक्ष पदका उम्मेदवार हुन् । भने महासेठको समुहको बाट भोला यादव अध्यक्ष पदका उम्मेदवार हुन ।


अगरगरिया–यादव समुहले महासेठ समुह निर्वाचनमा धाँधली गरेको आरोप लगाएको छ । महासेठ समुहले निर्वाचन गराउने पक्षमा नरहेकोले यस्तो गतिविधि गरेको केन्द्रिय सदस्य उमाशंकर अरगरियाले आक्रोस पोखे ।
यता, महासेठ समूहले अरगरिया–यादव पक्ष कमजोर रहेकाले हारको डरमा चुनाव अवरुद्ध गर्न खोजेको आरोप लगाएको छ । महासेठ समुहले अधिवेशन प्रक्रियामा स्थायी कमिटी सदस्य तथा मधेश प्रदेश इन्चार्ज लिलानाथ श्रेष्ठको भूमिका स्पष्ट नभएको आरोप समेत लगाएको छ ।
अध्यक्ष बाहेक उपाध्यक्षमा जयप्रकाश सुनरैत यादव र तेजनारायण यादव, सचिवमा दीप नारायण ठाकुर (दिपन) र धिरेन्द्र कुमार मण्डल, उपसचिवमा विक्रम थापा, सुरेश ठाकुर र हरिकिशोर यादव तथा महिलातर्फ उपसचिवमा किरण कापर, रुका कुमारी मिश्र र सारदा घिसिङ उम्मेदवार रहेका छन् ।
मुलुकको अन्य जिल्लामा एमालेको अधिवेशन भईसक्दापनि धनुषामा हुन मात्र बाँकी रहेको छ । अधिवेशनबाट ५ पदाधिकारीसहित १३५ सदस्यीय जिल्ला कमिटी चयन गरिनेछ । अधिवेशनमा कुल ६३० प्रतिनिधिको सहभागिता रहेको छ ।

सम्बन्धित खबर