LIVE
सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद |

जनकपुरधाम । धनुषाबाट सउदी अरबको मक्का-मदिना हजका लागि जान लागेका हज यात्रीलाई जनकपुरधाममा आयोजित एक कार्यक्रममा सम्मानपूर्वक विदाई गरिएको छ। पाकिजा तथा नूरी कब्रिस्तान समितिले ती हज यात्रीहरूलाई माल्यार्पण गर्दै दोसल्ला ओढाएर विदाई तथा सम्मान गरेको हो।

उक्त विदाई कार्यक्रममा मधेश प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री सकिल मियाँले हजयात्राको सफलताको कामना गर्दै हज इस्लाम धर्मको पाँचौं आधार स्तम्भ भएको बताए। उनले हज सम्पन्न र आर्थिक रूपमा सक्षम मुस्लिम समुदायका लागि अनिवार्य धार्मिक कर्तव्य भएको उल्लेख गरे।

कार्यक्रममा मधेश प्रदेशका पूर्व सांसद परमेश्वर साहले हज यात्रीहरूलाई सफल र सुरक्षित यात्राको शुभकामना दिए। उनले पछिल्ला केही वर्षयता समाजमा धार्मिक सद्भाव र आपसी भाइचारा भंग गर्ने नकारात्मक गतिविधि बढिरहेको उल्लेख गर्दै, यस्ता प्रवृत्तिलाई चिर्न धार्मिक सहिष्णुता र सद्भावको वातावरण निर्माण गर्नु सबैको साझा जिम्मेवारी भएको बताए।

पाकिजा तथा नूरी कब्रिस्तान समितिका अध्यक्ष खुर्शीद खानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा धनुषाका मुस्लिम धर्मगुरु, नागरिक समाजका अगुवा, र समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

यस वर्ष नेपालभरिबाट हज जानका लागि १,१७० जनाले हज समिति मार्फत आवेदन दिएका छन्। हज समिति सदस्य तथा प्रवक्ता रशिद मिर्जाका अनुसार, सउदी सरकारले १,२०० जनाको लागि बसोबासको व्यवस्था गरेको छ।

हज यात्रीहरूलाई एयर अरेबियाका ११ वटा विभिन्न फ्लाइटमार्फत सउदी पुर्‍याइनेछ। पहिलो फ्लाइट १७ मेबाट सुरु भई अन्तिम फ्लाइट २२ मेमा हुनेछ।

प्रवक्तामार्फत जानकारी दिइएको अनुसार, हज यात्राका लागि काठमाडौँस्थित काश्मिरी मस्जिदमा प्रशिक्षण दिइनेछ। यस वर्ष प्रति हज यात्री ३ लाख ७० हजार रुपैयाँ शुल्क लिइएको छ, जुन गत वर्षको ४ लाख १५ हजार रुपैयाँभन्दा कम हो। हज यात्रा सम्पन्न गरी फर्किएपछि प्रत्येक यात्रीलाई २३ हजार ७०४ रुपैयाँ फिर्ता दिइने व्यवस्था रहेको छ।

सम्बन्धित खबर