LIVE
धान दिवसमा जलवायुमैत्री खेतीमा जोड | जानकी प्लास्टिक उद्योगमा छापा, छापापछि रातारात नक्कली पाइप गायब, सञ्चालिका फरार | बागमती नदिमा डुबेर दुई बालकको मृत्यु | हतियारसहित जनकपुरधामबाट दुई युवक पक्राउ | कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने |

जनकपुरधाम । नेकपा एमाले धनुषा जिल्लाको अधिवेशन अन्तरगत बुधवार साँझ सम्पन्न मतदानको मतगणना अहिले जारी रहेको छ ।

बुधवार रातीदेखि नै जिल्ला प्रहरी कार्यालय धनुषाको अगाडि रहेको महेन्द्रनारायण मिथिला साँस्कृतिक भवनमा भईरहेको छ । विहवार ८ बजे अहिले सम्म १५६ मत मात्रै गणना गरिएको छ । १५६ मध्ये नेकपा एमालेका केन्द्रिय सचिव तथा पुर्व उपप्रधानमन्त्री रघुबीर महासेठको तर्फबाट अध्यक्षमा उम्मेदवारी दिएका भोला यादवले ९१ मत र केन्द्रिय सदस्य उमाशंकर अरगडिया समुहका उम्मेदवार लक्ष्मीनारायण यादवले ६३ मत पाएका छन् । अर्थात पहिलो चरणमा मतणनामा महासेठ समुह अगाडी देखिएका छन् ।

अधिवेशनमा कुल ६ सय २८ जना मतदाता रहेको ६ सय १५ जनाले मतदान गरेका थिए । यस अघि २२ बैशाखमा मतदान हुनु अघि दुवै पक्षबीच कुटाकुट हुँदा मतदान स्थगित भएको थियो । पछि केन्द्रिय नेतृत्वले शान्तिपूर्ण ढंगले मतदान सम्पन्न गर्न कडा निर्देशन दिएपछि ७ जेठमा मतदानको मिति तोकिएको थियो । अध्यक्ष पदका उम्मेदवार भोला यादव निवर्तमान उपाध्यक्ष र लक्ष्मीनारायण यादव प्रदेश लेखा समितिका संयोजक हुन् ।

एमाले धनुषामा पहिलो पटक निर्वाचन प्रक्रियाबट पदाधिकारी चयन भईरहेको बताइएको छ ।    #एमाले धनुषा #

सम्बन्धित खबर