LIVE
कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित | जनकपुरमा नेपाल–भारत सीमा बैठक,सीमा क्षेत्र व्यवस्थित बनाउन साझा प्रतिबद्धता | मधेश प्रदेश सरकारले ४१ अर्वको बजेट, चालुवर्षभन्दा १३ प्रतिशत कमको बजेट | कांग्रेसका असन्तुष्ट नेताहरुको जनकपुरधाममा प्रदेशस्तरीय भेला, पार्टी एकतामा जोड |

जनकपुरधाम ।जनकपुरधाम उपमहानगरपालिका–७ जानकीनगर निवासी मुस्लिम अगुवा तथा समाजसेवी सतार राईनको आइतबार साँझ साढेको आक्रमणमा परि निधन भएको छ।

जनकपुरधामको पेठिया बजार नजिक करिब साँझ ८ बजेको समयमा दुई साढे एकआपसमा जुधिरहेको बेला भएको आक्रमणमा राईन ज्यान गुमाउन पुगेका हुन्।

प्रत्यक्षदर्शीका अनुसार, राईन स्कुटीमा घर फर्किंदै गर्दा लडाइँ गरिरहेका साढेहरुदेखि केही दूरीमा रोकेका थिए। तर अचानक तीमध्ये एक साढेले आक्रमण गर्दा उनी स्कुटीसहित ढले र टाउकोमा गम्भीर चोट लाग्यो। स्थानीयले गम्भीर घाइते अवस्थामा तत्काल अस्पताल पुर्‍याए पनि उनको ज्यान जोगाउन सकिएन।

यो घटना कुनै सामान्य दुर्घटना नभएर जनकपुर उपमहानगरपालिकाको चरम लापरबाहीको परिणाम हो भन्ने स्थानीयको आरोप छ। नगरका विभिन्न चोक र सडकमा वर्षौंदेखि छाडा चौपायाले समस्या निम्त्याउँदै आएका छन्। जनजीवन असुरक्षित बनाउने यस्ता जनावर नियन्त्रण गर्न पटक–पटक आवाज उठाइए पनि उपमहानगरले कुनै ठोस कदम चालेको छैन।

नेकपा एमाले मधेस प्रदेशका सदस्य हकिम राईनले मेयर मनोज कुमार साह र उपमेयर किशोर साहको लापरबाहीकै कारण समाजसेवी राईनको ज्यान गएको आरोप लगाए। “मेयर साहले गौशालाको नाममा करोडौं खर्च गरेका छन्, तर परिणाम भने शून्य छ। सहरका अधिकांश चोकमा गाई, साढे लगायतका छाडा चौपायाले बाटो अड्काउने, भिडन्त गर्नेजस्ता घटनाहरू सामान्य भइसकेका छन्,” उनले भने।

स्थानीय बासिन्दाले पनि उपमहानगरको गैरजिम्मेवार कार्यशैलीप्रति आक्रोश व्यक्त गर्दै जनप्रतिनिधिहरूले जनताको सुरक्षाप्रति कुनै गम्भीरता नदेखाएको गुनासो गरेका छन्। सतार राईनको मृत्युपछि अहिले जनकपुरमा शोक तथा आक्रोश दुवै व्याप्त छ।

यस घटनाले उपमहानगरको सुस्त र निष्क्रिय कार्यप्रणालीलाई फेरि एकपटक उजागर गरेको छ। अब पनि सम्बन्धित निकायले चासो नदिने हो भने आगामी दिनमा यस्ता दु:खद घटना दोहोरिन सक्ने खतरा प्रबल देखिएको छ।


 

सम्बन्धित खबर