LIVE
हतियारसहित जनकपुरधामबाट दुई युवक पक्राउ | कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित | जनकपुरमा नेपाल–भारत सीमा बैठक,सीमा क्षेत्र व्यवस्थित बनाउन साझा प्रतिबद्धता | मधेश प्रदेश सरकारले ४१ अर्वको बजेट, चालुवर्षभन्दा १३ प्रतिशत कमको बजेट |

जनकपुरधाम ।विभिन्न पाँच राजनीतिक दल मिलेर  संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता र समावेशी लोकतन्त्रको रक्षाका  लागि संघीय गणतान्त्रिक गठबन्धन” गठन घोषणा गर्ने भएको छ ।
यसको औपचारिक घोषणा भोलि गणतन्त्र दिवसको अवसरमा जनकपुरधामबाट हुने छ ।
नेपाल संघीय समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल, नेपाल सद्भावना पार्टी, नेपाल जनजागृति पार्टी र ऐतिहासिक जनता पार्टी कार्यगत एकता गरि गठबन्धन बनाउन लागेका छन्।
उक्त गठबन्धनको नेतृत्व नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष तथा पुर्व गृहराज्यमन्त्री रिजवान अन्सारीले गरिरहेका छ । संयोजक अन्सारी भने, “नेपाली जनताले विभिन्न आन्दोलनमा शहादत दिएर  ल्याएको गणतन्त्र, संघीयता र समावेशीतालाई कमजोर पार्ने प्रयास भइरहेको छ। यस्तो बेला यो गठबन्धन आवश्यक भएको हो। अब हामी जनताका सवालमा एक भएर अगाडि बढ्नेछौं।”

त्यसैगरी,  गठबन्धनका अन्य दलका नेताहरुले पनि सिमान्तकृत समुदायको अधिकार सुनिश्चित गर्ने वैकल्पिक राजनीतिक शक्तिको रुपमा गठबन्धन रहेने बताएका छन् ।

बैठकले घोषणापत्र, सांगठनिक संरचना र प्रचार रणनीति तय गरिसकेको  संयोजक अन्सारीले बताए ।घोषणासभामा देशभरबाट कार्यकर्ता, बुद्धिजीवी र नागरिक समाजका प्रतिनिधिहरूको सहभागिता उनले बताए ।

सम्बन्धित खबर