LIVE
कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित | जनकपुरमा नेपाल–भारत सीमा बैठक,सीमा क्षेत्र व्यवस्थित बनाउन साझा प्रतिबद्धता | मधेश प्रदेश सरकारले ४१ अर्वको बजेट, चालुवर्षभन्दा १३ प्रतिशत कमको बजेट | कांग्रेसका असन्तुष्ट नेताहरुको जनकपुरधाममा प्रदेशस्तरीय भेला, पार्टी एकतामा जोड |

जनकपुरधाम ।महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडीले विवाहको न्यूनतम उमेर घटाएर १८ वर्ष बनाउने प्रस्ताव प्रतिनिधि सभा सचिवालयमा दर्ता गराएको बताएका छ्न ।
बालबालिकासम्बन्धी ऐन संशोधन गर्न लागिएको उक्त विधेयकमा हाल बिवाहको लागि  रहेको २० वर्षको व्यवस्था हटाएर १८ वर्षमा विवाह गर्न पाइने प्रावधान प्रस्ताव गरिएको मन्त्री साहले बताए ।
आइतबार जनकपुरमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री साहले मधेस प्रदेशबाट उक्त प्रस्ताव ल्यान अवाज उठिरहेको थियो । मन्त्री साहले भने, “मधेसका बुवा-आमालाई २० वर्षसम्म छोरीलाई घरमै राख्नु सजिलो छैन। म पनि मधेसकै माटो पानीमा हुर्केको मान्छे हुँ, त्यसैले जनभावनालाई आत्मसात गरेर यो प्रस्ताव ल्याइएको हो।”
विधेयकप्रति केही पक्षले विरोध जनाए पनि उनले त्यसलाई लोकतान्त्रिक प्रक्रियाको हिस्सा भएको बताएका छन्। विवाहको उमेर २० वर्ष नै उपयुक्त हो वा होइन भन्ने विषयमा अन्तिम निर्णय संसदबाट हुने मन्त्री साहको भनाई थियो ।

उनले विकासको सवालमा तीनै तहका सरकार मिलेर काम गर्नु आवश्यक रहेकोमा जोड दिँदै भने, “अब कुनै एक तहको सरकारले मात्रै चाहे पनि विकास सम्भव छैन, समन्वय नै कुशल शासनको आधार हो।”

सम्बन्धित खबर