LIVE
भत्काउने हल्लाले जनकपुरधाममा गुठीको जग्गामा घर बनाएर बसेकाहरुद्वारा विरोध प्रर्दशन | पहिचान नखुल्दा मृतक महिलाको पोस्टमार्टमा ढिलाई | भोलि साँझदेखि तीव्र गतिको हुरी चल्ने, सतर्क रहन आग्रह | जिसस प्रमुखलाई पत्रकार महासंघ धनुषाले बुझायो ध्यानाकर्षण पत्र | वीरगञ्जमा तीन हजार व्यवसाय अस्तव्यस्त, नौ हजार रोजगारी धरापमा, बजारमा त्रासको माहोल | जंगली बँदेलको आक्रमणबाट सर्लाहीमा एक जनाको मृत्यु | वनजंगलमा अनियमितता रोक्न अभियानद्घारा काँग्रेस सभापति थापालाई खुलापत्र | बुद्धजयन्तीमा प्रधानमन्त्री शाह लुम्बिनी जाने, सम्बोधन नगर्ने | पर्साका विभिन्न स्थानको अतिक्रण हटाईदै, गण्डक नहर क्षेत्रमा सात सयभन्दा बढी संरचना हटाइयो | उद्योगी शेखर गोल्छा काठमाडौंबाट पक्राउ |

काठमाडौं ।संघीय समाजवादी पार्टीको केन्द्रीय बैठक अध्यक्ष तथा पूर्व गृहराज्यमन्त्री रिजवान अन्सारीको अध्यक्षतामा शनिबार काठमाडौंमा सम्पन्न भएको छ। बैठकले देशको वर्तमान राजनीतिक परिस्थितिको मूल्यांकन गर्दै तीन महत्वपूर्ण निर्णयहरू पारित गरेको छ।

बैठकले हाल सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम उत्पीडित समुदायको पक्षमा नभएको ठहर गर्दै त्यसप्रति असन्तुष्टि जनाएको छ। मधेसी, आदिवासी जनजाति, दलित, मुस्लिम, निषादलगायत पछाडि पारिएका वर्ग र क्षेत्रको समस्या सम्बोधन हुने गरी नीति तथा कार्यक्रम संशोधन गर्न सरकारले कदम चाल्नुपर्ने पार्टीको माग छ।

दोस्रो निर्णयमा पार्टीले संघीयता, समावेशिता, धर्मनिरपेक्षता, सामाजिक न्यायलगायतका संविधान प्रदत्त उपलब्धिहरूमाथि पछिल्लो समय प्रतिगामी तथा धार्मिक अतिवादी शक्तिहरूको आक्रमण भइरहेको ठहर गर्दै देशभर ‘जनजागरण तथा संगठन सुदृढीकरण अभियान’ सञ्चालन गर्ने निर्णय गरेको छ।
यस अभियानअन्तर्गत विभिन्न विभागीय बैठक र भेला, जिल्ला तथा पालिकास्तरीय समिति पुनर्गठन, सदस्यता वितरण र तालिम कार्यक्रम भदौ २०८२ भित्र सम्पन्न गरिनेछ।

तेस्रो निर्णयमा, पार्टीले जेठ १५ गते जनकपुरधाममा सम्पन्न ‘संघीय गणतान्त्रिक गठबन्धन’ को घोषणा समारोहलाई सफल भएको ठहर गर्दै गठबन्धनलाई अझ सशक्त रूपमा विस्तार गर्ने निष्कर्ष निकालेको छ।

पार्टीले यी निर्णयमार्फत उत्पीडित समुदायको हक अधिकारका लागि सशक्त राजनीतिक हस्तक्षेप आवश्यक रहेको जनाएको छ।

सम्बन्धित खबर