LIVE
कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित | जनकपुरमा नेपाल–भारत सीमा बैठक,सीमा क्षेत्र व्यवस्थित बनाउन साझा प्रतिबद्धता | मधेश प्रदेश सरकारले ४१ अर्वको बजेट, चालुवर्षभन्दा १३ प्रतिशत कमको बजेट | कांग्रेसका असन्तुष्ट नेताहरुको जनकपुरधाममा प्रदेशस्तरीय भेला, पार्टी एकतामा जोड |

जनकपुरधाम । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मैथिली भाषा र संस्कृतिको संरक्षण तथा प्रवद्र्धनमा संस्थागत रुपमा कार्य हुनुपर्ने बताएका छन् ।
शुक्रबार जनकपुरधाममा मधेश प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयको सहयोगमा निर्माण गरिएको ’मैथिली विकास कोष भवन’ उद्घाटन समारोहलाई सम्बोधन गर्दै पुर्व प्रधानमन्त्री समेत रहेक देउवाले कोषको भवन जस्तै भाषिक तथा सांस्कृतिक विकास पनि भव्य र परिणाममुखी बनाउन आग्रहा गरेका थिए ।

‘भवन भौतिक पूर्वाधारमा मात्र सीमित नहोस्,’ उनले भने, ‘मैथिली परम्परा, भाषा, साहित्य र कलाको संरक्षण तथा प्रवद्र्धन गर्ने थलो बनोस् ।’ देउवाले यो भवन नयाँ पुस्तालाई भाषा, ज्ञान, सीप र संस्कृतिको हस्तान्तरण गर्ने प्लेटफर्मको रूपमा उपयोग गर्न सुझाए ।
संविधानले मैथिलीलाई राष्ट्रिय भाषा मानेकाले यसको संरक्षण र सम्वद्र्धनमा कोषले पनि अग्रसरता लिनुपर्ने बताए । उनले मधेश प्रदेशको सट्टामा प्रदेशको नाम ‘जनक’ वा ‘जानकी प्रदेश’ राख्न अझ उपयुक्त हुने धारणा व्यक्त गरे । ‘राजा जनक केवल साधारण राजा थिएनन्, उनी राजर्षि थिए,’ देउवाले भने, ‘सिंगापुर, मलेसिया, थाइल्याण्ड लगायतका देशहरूमा समेत जनकको प्रभाव देखिन्छ ।’राजनीतिक समसामायिक विषयमा उनी केहि बोलेनन् ।

सभापति देउवासँगै कार्यक्रममा सहभागि मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले संघीयता कार्यान्वयनमा भइरहेको ढिलाईप्रति चिन्ता व्यक्त गरे ।
मुख्यमन्त्री सिंहले प्रहरी प्रशासन र कर्मचारी समायोजन प्रक्रियामा अगाडी बढाउनमा पहलकदमी गरिदिन सभापति देउवासँग आग्रहा समेत गरे । छिट्टै गर्न संघ सरकारसँग आग्रह गरेका छन् ।


मुख्यमन्त्री सिंहले भने, ‘संघीयताको स्पिरीट अनुसार हामी अघि बढ्न सकेका छैनौँ, किनभने प्रहरी र कर्मचारीहरू अझै पनि संघको नियन्त्रणमा छन् ।’ उनले संघीयता सुदृढ पार्न प्रदेश सरकारलाई आवश्यक अधिकार र स्रोत सुनिश्चित गर्नुपर्ने बताए ।
मैथिली विकास कोषका अध्यक्ष जीवननाथ चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा भौतिक पुर्वाधार विकास मन्त्री सरोज कुमार यादवसहितले मन्तव राखेका थिए ।  # मैथिली

सम्बन्धित खबर