LIVE
भत्काउने हल्लाले जनकपुरधाममा गुठीको जग्गामा घर बनाएर बसेकाहरुद्वारा विरोध प्रर्दशन | पहिचान नखुल्दा मृतक महिलाको पोस्टमार्टमा ढिलाई | भोलि साँझदेखि तीव्र गतिको हुरी चल्ने, सतर्क रहन आग्रह | जिसस प्रमुखलाई पत्रकार महासंघ धनुषाले बुझायो ध्यानाकर्षण पत्र | वीरगञ्जमा तीन हजार व्यवसाय अस्तव्यस्त, नौ हजार रोजगारी धरापमा, बजारमा त्रासको माहोल | जंगली बँदेलको आक्रमणबाट सर्लाहीमा एक जनाको मृत्यु | वनजंगलमा अनियमितता रोक्न अभियानद्घारा काँग्रेस सभापति थापालाई खुलापत्र | बुद्धजयन्तीमा प्रधानमन्त्री शाह लुम्बिनी जाने, सम्बोधन नगर्ने | पर्साका विभिन्न स्थानको अतिक्रण हटाईदै, गण्डक नहर क्षेत्रमा सात सयभन्दा बढी संरचना हटाइयो | उद्योगी शेखर गोल्छा काठमाडौंबाट पक्राउ |

ज्नकपुरधाम । वीरगन्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि ३ अर्ब २२ करोड ४८ लाख ४९ हजार रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ ।

मधेश प्रदेशका एम मात्र वीरगञ्ज महानगरपालिकाको सोमवार १७ औ नगरसभामा उपप्रमुख इम्तियाज आलमले तीन अर्ब २२ करोड ४८ लाख ४९ हजार रुपैयाँको अनुमानित आयव्यय सहितको बजेट सार्वजनिक गरेका हुन् । बजेटमा चालू खर्चतर्फ दुई अर्ब २६ करोड ५० लाख ४९ हजार अर्थात् कूल बजेटको ७०.२४ प्रतिशत, पुँजीगत खर्चतर्फ ९२ करोड ३४ लाख अर्थात् कूल बजेटको २८.६४ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ तीन करोड ६४ लाख अर्थात् १.१२ प्रतिशत रहेको उल्लेख छ ।

त्यसैगरि, आगामी आर्थिक वर्ष २०८२÷०८३ को बजेटमा अनुमानित खर्च व्यहोर्ने स्रोतहरुमा आन्तरिक राजश्वबाट एक अर्ब १५ करोड, संघीय अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट एक अर्ब ३७ करोड ३० लाख, संघीय राजश्व बाँडफाँटबाट २३ करोड ७८ लाख, प्रदेश अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट पाँच करोड २८८ हजार, प्रदेश राजस्व बाँडफाँटबाट एक करोड ६७ लाख १३ हजार, घरजग्गा रजिष्ट्रेशन शुल्क बापत २५ करोड र नगद मौज्दाबाट १५ करोड व्यहोरिने उल्लेख गरिएको छ ।

अगामी अवाको लागि चालु अवाभन्दा ३३ करोड बढी बजेट हो । चालु अवामा महानगरको कुल बजेट २ अर्ब ८९ करोड ४८ लाख १७ हजार रुपैयाँको छ ।

नगर सभामा बजेट प्रस्तुत गर्दै उपमेयर आलमले आगामी आर्थिक वर्षको बजेटमा शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, सरसफाइ, वातावरण संरक्षण, गुणस्तरीय भौतिक पूर्वाधार र डिजिटल मैत्री सेवा प्रवाहलाई प्राथमिकता दिएको बताए ।
त्यसैगरि, उपमेयर आलमले आयव्यय प्रस्तुत गर्नु अघि नगरसभालाई सम्बोधन गर्दै महानगरका मेयर राजेशमान सिंहले आगामी आर्थिक वर्षका लागि ९० बुँदे नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । वीरगञ्ज महानगरपालिकाको नीति तथा कार्यक्रममा वीरगञ्जको पर्यटन प्रवद्र्धन गर्ने केही महत्त्वाकाङ्क्षी योजनाहरू पनि समावेश गरिएका छन् ।

 

सम्बन्धित खबर