LIVE
हतियारसहित जनकपुरधामबाट दुई युवक पक्राउ | कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित | जनकपुरमा नेपाल–भारत सीमा बैठक,सीमा क्षेत्र व्यवस्थित बनाउन साझा प्रतिबद्धता | मधेश प्रदेश सरकारले ४१ अर्वको बजेट, चालुवर्षभन्दा १३ प्रतिशत कमको बजेट |

नेपाली काँग्रेसको मधेश प्रदेशको बैठकबाट  प्रशिक्षण कार्यक्रम गरिने निर्णय
जनकपुरधाम ।
नेपाली काँग्रेस मधेस प्रदेश कार्य समितिको बसेको बैठकबाट महत्वपूर्ण निर्णयहरु गरिएको छ ।
काँग्रेसको केन्द्रीय कार्यालयको नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा विरगञ्जमा आयोजना असार १३–१४ गते हुन गईरहेको प्रशिक्षण कार्यक्रमलाई भव्य रुपमा सफल पार्न मधेश कार्य समितिले निर्णय गरेको हो ।
मधेश प्रदेशको जनकपुरधाम स्थित कार्यालयमा पार्टीका मधेश प्रदेश सभापति एवं संसदीय दलका नेता कृष्णप्रसाद यादवको अध्यक्षतामा बसेको बैठकमा प्रदेश स्तरिय विभिन्न तहको प्रशिक्षण कार्यक्रममा प्रशिक्षक हुनका लागि पार्टी प्रति प्रतिबद्ध, प्रभावकारी प्रस्तुती गर्न सक्ने योग्यता र क्षमता भएका व्यक्तिलाई समावेश गर्ने, प्रदेश प्रशिक्षण विभागको निर्णय अनुसार प्रशिक्षकको रुपमा समय दिन सक्ने हरेक प्रतिनिधि सभा निर्वाचन क्षेत्रबाट कम्तीमा १ जना महिला सहितको ४ जना, प्रदेश सभा निर्वाचन १ र २ बाट कम्तीमा १÷१ जनापर्ने गरी समावेशी सहभागीता गराउने निर्णय गरिएको जनाइएको छ ।
उक्त प्रशिक्षण कार्यक्रममा १३० देखि १५० जना सम्मको सहभागीता गराउने लक्ष्य लिएको तथा भातृ संगठनहरुको प्रमुखलाई अनिवार्य रुपमा उपस्थिति गराइने समेत केन्द्रीय सर्कुलरलाई अक्षरशः पालना गर्ने गराउने निर्णय भएको नेपाली काँग्रेस मधेश प्रदेश प्रचार विभाग प्रमुख नितेशकुमार गुप्ताले जानकारी दिए ।
उक्त बैठकमा पार्टीका उपसभापति विरेन्द्र सिंह, प्रशिक्षण विभाग प्रमुख चन्द्रशेखर यादव सहित प्रदेश कमिटीका पदाधिकारीहरुको उपस्थिति रहेको विभागीय प्रमुख गुप्ताले बताए ।

सम्बन्धित खबर