LIVE
कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित | जनकपुरमा नेपाल–भारत सीमा बैठक,सीमा क्षेत्र व्यवस्थित बनाउन साझा प्रतिबद्धता | मधेश प्रदेश सरकारले ४१ अर्वको बजेट, चालुवर्षभन्दा १३ प्रतिशत कमको बजेट | कांग्रेसका असन्तुष्ट नेताहरुको जनकपुरधाममा प्रदेशस्तरीय भेला, पार्टी एकतामा जोड |

जनकपुरधाम । जनता समाजवादी पार्टीका मधेश प्रदेश अध्यक्ष अशोक यादवलाई प्रक्राउ गर्न गएको गाडीमा स्थानीयले तोडफोड गरेका छन् ।

सर्लाहीका प्रहरी उपरीक्षक योगेन्द्र कुमार खड्कालाई ‘कमिसन लिन आएको’ आरोप लगाउँदै धम्की दिएको भन्दै प्रहरी नायव उपरीक्षक सरोज राईको नेतृत्वमा अध्यक्ष यादवलाई पक्राउ गएको टोलीको गाडीमा तोडफोड भएको छ । बुधवार राती पुर्वाधार विकास कार्यालय सर्लाहीको विषय लिएर पुर्व प्रदेश साँसद समेत रहेका यादव र प्रहरी उपरीक्षक बीच अपशब्द र गालीगलौज भएको थियो । एसपी खड्का र यादव बीच भएको गालीगलौजको अडियो समाजिक सञ्जालमा भाईरल भएको छ ।

पुर्वाधार विकास कार्यालय सर्लाहीका प्रमुख यादवले कार्य सम्पन्न विभिन्न योजनाहरुको कमिशन लिएर मात्रै भुक्तानि गर्ने तथा प्रमुख दिउँसो कार्यालयमा नबस्ने तथा रातीराती कमिन लिएर भुक्तानीको चेक काटने गरेको र यो कार्यक्रमको लागि प्रहरीले सुरक्षा दिईरहेको भन्दै नेता यादवले एसपी खड्कालाई धम्काएका थिए । अडियोमा नेता यादवले एसपी खड्कालाई तिमिहरु भ्रष्टाचारीलाई सहयोग गरेको तथा मधेश लुटन आएको भन्दै अपश्ब्द बोलेको सुन सकिन्छ ।
सार्वजनिक भएको अडियोमा नेता यादवले “मधेशमा लुट्न आएको” भन्दै एसपी खड्कामाथि राति प्रहरी पठाएर कमिसन असुल्ने आरोप लगाइरहेका छन् । भने एसपी खड्काले स्थानीयको फोनपछि नियमित अनुगमनका लागि टोली मात्रै पुर्वाधार कार्यालयमा पठाएको दावि गरेका गर्छन् ।

इता, पुर्वाधार विकास कार्यालय सर्लाहीका प्रमुख यादवले असार मसान्त समापन्न हुन लागेकोले चापको बोझको कारण राती सम्म पनि काम गर्नुपर्ने वाध्यता भएको प्रतिक्रिया दिए । तर, नेता यादवले दिनभर कार्यालय नखुल्ने र राति मात्रै प्रहरीको निगरानीमा सर्वसाधारणलाई नछिर्न दिने परिस्थितिमा चेक काट्ने ‘कमिसन खेला’ चलिरहेको आरोप दोहो¥याएका छन् ।

प्रहरीले नेता यादवलाई खोजी गरिरहेका छन् । यादवमाथि प्रहरी माथिको आक्रमण र सम्पति तोडफोड सम्बनधी मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

सम्बन्धित खबर