LIVE
कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित | जनकपुरमा नेपाल–भारत सीमा बैठक,सीमा क्षेत्र व्यवस्थित बनाउन साझा प्रतिबद्धता | मधेश प्रदेश सरकारले ४१ अर्वको बजेट, चालुवर्षभन्दा १३ प्रतिशत कमको बजेट | कांग्रेसका असन्तुष्ट नेताहरुको जनकपुरधाममा प्रदेशस्तरीय भेला, पार्टी एकतामा जोड |

जनकपुरधाम । मधेस प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री सत्रुधन प्रसाद सिंहले औलो ९मलेरिया० रोग निवारणका लागि प्रदेश सरकारले आवश्यक कदम चाल्ने बताएका छन्।

बिहीबार बसेको प्रदेश स्तरीय औलो निवारण निर्देशक समितिको अर्धवार्षिक बैठकमा मन्त्री सिंहले स्वास्थ्य क्षेत्र संवेदनशील भएकाले यसको नियन्त्रणमा सरकार प्रतिबद्ध रहेको बताए।

ूनेपाल–भारतबीचको खुला सिमानाका कारण मधेस प्रदेशमा रोगको जोखिम उच्च छ, मन्त्री सिंहले भने, दुवै देशका नागरिक रोजगार, व्यापार तथा आफन्त भेट्नका लागि सहज रूपमा आवतजावत गर्छन्, जसले संक्रमण फैलिन सहयोग पुर्‍याउँछ। यस्तो अवस्थामा प्रदेश सरकारले यथासम्भव सहकार्य गर्नेछ।

बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा। प्रमोद यादवले औलो रोग उन्मूलनका लागि स्रोत साधनको आवश्यकताबारे उल्लेख गर्दै यसमा राजनीतिक प्रतिबद्धता अपरिहार्य रहेको धारणा व्यक्त गरे।

स्वास्थ्य निर्देशनालयले प्रस्तुत गरेको तथ्यांकअनुसार हालसम्म मधेस प्रदेशमा १७२ जना औलो रोगबाट प्रभावित भएका छन्। तीमध्ये सबैभन्दा बढी सर्लाहीमा ७१ जना संक्रमित छन् भने सिरहा र सप्तरीमा २र२ जना मात्र छन्।

बैठक स्वास्थ्य निर्देशनालयका निर्देशक सरोज न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा मधेस मिडिया काउन्सिलका कार्यवाहक अध्यक्ष सुरेश यादव, प्रादेशिक अस्पताल जनकपुरका निर्देशक जामुन सिंह, औलो रोगका फोकल पर्सन तथा ल्याब अधिकृत जुगलकिशोर यादव लगायतले मन्तव्य राखेका थिए। कार्यक्रमको सञ्चालन निर्देशनालयका विनोद यादवले गरेका थिए।

सम्बन्धित खबर