LIVE
कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित | जनकपुरमा नेपाल–भारत सीमा बैठक,सीमा क्षेत्र व्यवस्थित बनाउन साझा प्रतिबद्धता | मधेश प्रदेश सरकारले ४१ अर्वको बजेट, चालुवर्षभन्दा १३ प्रतिशत कमको बजेट | कांग्रेसका असन्तुष्ट नेताहरुको जनकपुरधाममा प्रदेशस्तरीय भेला, पार्टी एकतामा जोड |

जनकपुरधाम । महोत्तरीको गौशाला नगरपालिकास्थित सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूले सामूहिक रूपमा राजीनामा दिएका छन् ।

आर्थिक वर्ष समाप्त हुन लाग्दापनि नगरपालिकाले अत्यावश्यक रकम निकसा नदिएको भन्खदै नगरका ३२ वटा विद्यालयका प्रधानाध्यापकहरुले प्रशासन शाखामो सामूहिक रूपमा राजीनामा पत्र दिएका हुन् ।
नगरपालिकाले अत्यावश्यक रकम निकासा नगर्दा विद्यालय सञ्चालनका लागि सकस भएपछि बाध्य भएपछि वाध्य भएर आफुहरुले राजीनामा दिएको प्रधानाध्यापकहरुको बताउँछन् ।

दिवा खाजा, पाठ्यपुस्तक, नन सैलरी, नगर शिक्षक र नगर अनुदान शिक्षकको तलब निकासा, सर्शत पुँजीगत तथा शैक्षिक अनुदान शीर्षकको रकम समेत अति न्यून निकासा र पटकपटक ताकेता गर्दा समेत आलटाल गरेपछि बाध्य भई राजीनामा दिएको प्रधानाध्यापकहरुको भनाई छ ।

यता, मेयर दिपेन्द्र कुमार महतोले सबै विद्यालयका दिवा खाजा, पाठ्यपुस्तक, नन सैलरी, नगर शिक्षक र नगर अनुदान शिक्षकको तलब निकासा, सर्शत पुँजीगत तथा शैक्षिक अनुदान लगायतका शिर्षकको रकम निकसा भईसकेको दावि गरे । विद्यालयमा नियमित आउने विद्यार्थीहरुको संख्याको आधारमा दिवा खाजाको रकम निकसा भएको छ, उनले भने,‘ कतिपय प्रअले कहिले विद्यालय नै नआउने विद्यार्थीहरुको नाम समावेश गरि दिवा खाजाको रकम माग गरेका थिए । तर हामीले हाजरि राजिस्टरसहितको अनुगमन मुल्यांकन गरि मात्रै रकम निकासा गरेका छौ ।’

उहाँहरुलाई राजिनामा दिनुछ भने आ–आफना विद्यालय व्यवस्थापन समितिमा दिनुपर्ने हो, उनले भने,‘ नगरपालिकामा दिएर केहि हुदैनन् । उहाँहरु ऋाफ्नो जिम्मेवारी लिनु हुन् भने अर्का शिक्षकलाई जिम्मेवारी दिनुपर्छ । तर उहाँहरुको अनावश्यक मागलाई सम्बोधन गर्न सक्दैनौ् ।’

 

सम्बन्धित खबर