LIVE
हतियारसहित जनकपुरधामबाट दुई युवक पक्राउ | कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित | जनकपुरमा नेपाल–भारत सीमा बैठक,सीमा क्षेत्र व्यवस्थित बनाउन साझा प्रतिबद्धता | मधेश प्रदेश सरकारले ४१ अर्वको बजेट, चालुवर्षभन्दा १३ प्रतिशत कमको बजेट |

जनकपुरधाम ।  नेपाली कांग्रेसका नेता मोख्तार अहमद नेपाल हज समितिको अध्यक्षमा नियुक्त भएका छन्।

गृहमन्त्री रमेश लेखकले सिरहाको कल्यानपुर नगरपालिका–१२ निवासी अहमदलाई यो जिम्मेवारी सुम्पेका हुन्। उनको नियुक्तिसँगै वर्षौंदेखि हज यात्रामा देखिँदै आएको बेथिति र आर्थिक अनियमितताको अन्त्य हुने अपेक्षा गरिएको छ।

अहमदको राजनीतिक यात्रा नेपाल विद्यार्थी संघको केन्द्रीय राजनीतिबाट सुरु भएको थियो। पछि नेपाली कांग्रेसमा सक्रिय हुँदै उनी २०७० सालमा संविधान सभा सदस्य बनेका थिए। यद्यपि, २०७४ को प्रतिनिधि सभा निर्वाचनमा भने उनी पराजित भएका थिए। सालिन व्यक्तित्वका धनी, भद्र स्वभावका अहमदलाई बौद्धिक र परिपक्व मुस्लिम नेताका रूपमा लिइन्छ।

मुस्लिम अगुवाहरूका अनुसार, अहमद शिक्षित एवम् बौद्धिक नेताहरूमध्ये गनिन्छन्। उनले मदरसाबाट इस्लामी शिक्षा पनि हासिल गरेका छन् र हज तथा इस्लामबारे राम्रो जानकारी राख्छन्। यसैले राज्यले उनलाई नेपाल हज समितिको जिम्मेवारीमा ल्याउनुलाई स्वागतयोग्य कदमका रूपमा हेरिएको छ।

नेपाल हज समिति वर्षैपिच्छे कमजोर व्यवस्थापन र आर्थिक अनियमितताका कारण चर्चामा रहँदै आएको छ। हज यात्राको व्यवस्थापनमा पारदर्शिताको अभाव र तीर्थयात्रीहरूले भोग्नुपरेका समस्याहरू नियमित रूपमा उठ्ने गरेका छन्। अहमदको नियुक्तिले यी बेथितिहरूलाई नियन्त्रणमा लिई हज यात्रालाई थप व्यवस्थित र पारदर्शी बनाउने विश्वास उनका समकालीन नेताहरूले व्यक्त गरेका छन्।

नव नियुक्त अध्यक्ष अहमदका लागि यी विवादहरूबाट बच्दै कुशलतापूर्वक काम गर्नु एउटा कडा चुनौती हुनेछ। उनले समितिको व्यवस्थापन सुधार गर्दै आर्थिक अनुशासन कायम गर्नुपर्नेछ, जसले नेपाली हाजीहरूको हज यात्रालाई सहज र सुखद बनाउन मद्दत पुगोस्। उनको कार्यकालमा हज समितिको छवि सुधार हुने र हजयात्रीहरूले ढुक्कका साथ आफ्नो धार्मिक यात्रा गर्न पाउने विश्वास गरिएको छ।

सम्बन्धित खबर