LIVE
मत्तरीको सिमावर्ति क्षेत्रमा ६ हजार किलो स्याउसहित तीन सवारी नियन्त्रणमा | कमला नदीमा निर्माणाधीन पुल नजिकको डाइभर्सन फेरि बग्यो, आवतजावत अवरुद्ध | युवालाई दुव्र्यसनबाट जोगाउन मधेश प्रहरीद्वारा विशेष अभियान | सहमति पश्चात मृतकको शव बुझे परिवारजन | भत्काउने हल्लाले जनकपुरधाममा गुठीको जग्गामा घर बनाएर बसेकाहरुद्वारा विरोध प्रर्दशन | पहिचान नखुल्दा मृतक महिलाको पोस्टमार्टमा ढिलाई | भोलि साँझदेखि तीव्र गतिको हुरी चल्ने, सतर्क रहन आग्रह | जिसस प्रमुखलाई पत्रकार महासंघ धनुषाले बुझायो ध्यानाकर्षण पत्र | वीरगञ्जमा तीन हजार व्यवसाय अस्तव्यस्त, नौ हजार रोजगारी धरापमा, बजारमा त्रासको माहोल | जंगली बँदेलको आक्रमणबाट सर्लाहीमा एक जनाको मृत्यु |

जनकपुरधाम । विद्यालय शिक्षा विधेयक संसोधन गर्दै नेपाल शिक्षक महासंघको आह्वानमा धनुषाका विभिन्न शिक्षक संघसंगठनहरुले शिक्षा विकास तथा समन्वय एकाई कार्यालय धनुषामा धर्ना दिएका छन् ।

दोस्रो चरणको कार्यक्रम अन्तर्गत शिक्षकहरुले आज आईतवार विहान ११ बजेदेखि शिक्षा विकास तथा समन्वय एकाई कार्यालय धनुषाको परिसरमा धर्ना दिएका छन् । सरकारले आफुहरुको माग सम्बोधन गर्न अनाकानि गरेकोले आफुहरुले दोस्रो चरणको कार्यक्रम अन्तर्गत धर्ना दिएको धर्ना दिएको नेपाल शिक्षक महासंघ स्थानीय आन्दोलन परिचलान समितिका संयोजक गौरी शंकर लाल कर्णले बताए । उनले १ बजे सम्म धर्ना कार्याक्रम जारी रहने बताए ।


शिक्षक स्थायीत्वको विषयमा दुई दशकदेखि विद्यालयमा कार्यरत राहत र साविक उमावि शिक्षकलाई अस्थायी शिक्षकको जस्तै आन्तरिक÷खुला विधिबाट शिक्षक सेवा आयोगमार्फत स्थायी गर्नुपर्ने, योगदानमा आधारित सामाजिक सुरक्षाको प्रबन्ध हुनुपर्ने, पारिश्रामिकको विषयमा प्रारम्भिक बाल शिक्षामा काम गर्ने शिक्षकहरु तथा विद्यालय कर्मचारीको दरबन्दी तथा उचित तलवको व्यवस्था हुनुपर्ने सहतिका माग राखि शिक्षकहरु आन्दोलनमा उत्रेका छन् ।

सम्बन्धित खबर