LIVE
भत्काउने हल्लाले जनकपुरधाममा गुठीको जग्गामा घर बनाएर बसेकाहरुद्वारा विरोध प्रर्दशन | पहिचान नखुल्दा मृतक महिलाको पोस्टमार्टमा ढिलाई | भोलि साँझदेखि तीव्र गतिको हुरी चल्ने, सतर्क रहन आग्रह | जिसस प्रमुखलाई पत्रकार महासंघ धनुषाले बुझायो ध्यानाकर्षण पत्र | वीरगञ्जमा तीन हजार व्यवसाय अस्तव्यस्त, नौ हजार रोजगारी धरापमा, बजारमा त्रासको माहोल | जंगली बँदेलको आक्रमणबाट सर्लाहीमा एक जनाको मृत्यु | वनजंगलमा अनियमितता रोक्न अभियानद्घारा काँग्रेस सभापति थापालाई खुलापत्र | बुद्धजयन्तीमा प्रधानमन्त्री शाह लुम्बिनी जाने, सम्बोधन नगर्ने | पर्साका विभिन्न स्थानको अतिक्रण हटाईदै, गण्डक नहर क्षेत्रमा सात सयभन्दा बढी संरचना हटाइयो | उद्योगी शेखर गोल्छा काठमाडौंबाट पक्राउ |

जनकपुरधाम – जेन–जी आन्दोलनका कारण मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले राजीनामा दिएपछि प्रदेशमा नयाँ सरकार गठनको तयारी सुरु भएको छ।

मुख्यमन्त्री सिंहले २४ गते सामाजिक सञ्जालमार्फत राजीनामा दिएका थिए, तर अधिकारिक पत्र प्रदेश प्रमुख कार्यालयमा पठाउन सकेका थिएनन्। यसमा भएको चर्को आलोचना पश्चात्, जनमत पार्टीका मधेश प्रदेशका संसदीय दलका नेता महेश कुमार यादवले शनिवार साँझ प्रदेश प्रमुख कार्यालयको मेलमार्फत तथा सचिवको वाट्सएपमा जनमतको समर्थन फिर्ता लिएको र मुख्यमन्त्रीसहित मन्त्रीहरुलाई फिर्ता बोलाएको जानकारी दिएका छन्।

प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव सत्रुधन यादवले भने, “शनिवार साँझ जनमतका संसदीय दलका नेता महेश यादवले सरकारको समर्थन फिर्ता लिएको र मन्त्रीहरुलाई फिर्ता बोलाएको पत्र सचिवालयमा पठाउनु भएको छ। प्रदेश प्रमुख भोलि काठमाण्डौबाट आउनुहुन्छ। त्यसपछि नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्नेछ।”

जेन–जी आन्दोलनकारीहरूले प्रदेश प्रमुखको कार्यालयमा पनि आगजनी गरेका थिए। यसमा कार्यालयका भौतिक संरचना र केही कागजातहरू नष्ट भएका छन्। तर, प्रदेश प्रमुख निवासमा सेनाको सुरक्षा भएकाले जोगिएको छ।

प्रदेश सभामुख रामन्द्र मण्डल हाल काठमाण्डौमा रहेका छन् र भोलि नै जनकपुर आउने तयारीमा छन्। मुख्यमन्त्री सिंहले राजीनामा दिइसकेपछि प्रदेश प्रमुखबाट नयाँ सरकार गठनको आह्वान हुनेछ। त्यसपछि संविधानको धारा १६८ (उपधारा २, खण्ड १) अनुसार, प्रदेश सभामा कुनै दलको स्पष्ट बहुमत नहुँदा, बहुमत प्राप्त गर्न सक्ने दल वा दलहरूको समर्थनमा प्रदेश सभासदलाई मुख्यमन्त्रीमा नियुक्त गरिनेछ।

सभामुख मण्डलले भने, “प्रदेश सभाको भौतिक संरचना पूर्ण रूपमा जलेको छ। तर नयाँ सरकार गठन आवश्यक भएकाले सभालाई प्रदेश सभाको परिसरमै चलाउने व्यवस्थापन गर्नुपर्नेछ।”
हालको अवस्थामा सबै दल मिलेर सर्वदलीय सरकार बनाउने विषयमा छलफल भइरहेको छ। एक प्रदेश सांसदले भने, “भौतिक संरचनाहरू ध्वस्त छन् र देशमा राजनीतिक संक्रमणको अवस्था छ। त्यसैले सबै दल मिलेर अघि बढ्नुपर्छ भन्ने हाम्रो मान्यता छ।”

सम्बन्धित खबर