LIVE
सिरहाको सब डिभिजन वन कार्यालय बन्दीपुरका प्रमुख यादव घुससहित पक्राउ | पर्सा राष्ट्रिय निकुञ्जबाट १६६ केजी गाँजासहित दुई जना पक्राउ | सेवाग्राहीमाथि हातपात गर्ने यातायात कार्यालय बाराका प्रमुख अर्चायको जिम्मेवारी खोस्यो | विभिन्न मुद्दामा फरार रहेका ११ जना एकै दिनमा पक्राउ | मधेश प्रदेश सरकारविरुद्ध विपक्षी दलहरु आक्रामक, बजेट संशोधनको माग | गौशालामा बजार ठेक्का विवाद चर्कियो, नगर प्रहरी पक्राउपछि नगरपालिका सेवा ठप्प | असई थमन विक हत्या प्रकरणमा दोषि ठहर भएका पुर्व साँसद महतो पक्राउ | मधेश प्रदेशमा दलहरु बीचको विवादले बजेटमाथिको छलफल अन्यौलमा | धान दिवसमा जलवायुमैत्री खेतीमा जोड | जानकी प्लास्टिक उद्योगमा छापा, छापापछि रातारात नक्कली पाइप गायब, सञ्चालिका फरार |

जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्त ठाकुरले मधेश प्रदेशको मुख्यमन्त्री पदमा आफ्नो पार्टीको स्वाभाविक दाबी रहेको बताएका छन्।

जनकपुरधामस्थित पार्टी कार्यालयमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ठाकुरले विगतमा दलहरुले लोसपालाई मधेश प्रदेश सरकारको नेर्तत्व दिने आश्वासन दिएको दावि गरे । उनले भने,‘ बारको उपनिर्वाचनको क्रममा उपेन्द्रजीको क्रममा तत्कालीन सत्ता गठबन्धनको सर्वपक्षीय सहमतिमा लोसपालाई मधेशको नेतृत्व दिने निर्णय भएको थियो। तर, पछि उपेन्द्रजीले आफनो प्रतिबद्धता फेर्नुभयो ।’ अहिले आफुहरु ’हेर र प्रतिक्षा गर’को मनस्थितिमा रहेको उनले स्पष्ट गरे ।

बाराको निर्वाचनमा जितेन्द्र सोनलको नेतृत्वमा लोसपाका उम्मेदवारलाई प्रयोग गरेर उपेन्द्र यादवले विजय हासिल गरेपछि, पछि देउवा र प्रचण्डकै अगाडि लोसपालाई धोका दिएको भनेर बोलेको पनि ठाकुरले सुनाए। ‘त्यसले देउवा र प्रचण्डलाई रिस उठाएको थियो,’ उनले भने।

वर्तमान सुशिला कार्की नेतृत्वको सरकारप्रति व्यङ्ग्य गर्दै ठाकुरले उक्त सरकारलाई ‘खरानी घसेका नागा बाबा’को संज्ञा दिए। उनले भने,‘जसरी खरानी लाएर सडकमा बस्ने नागा बाबालाई भक्तजनले ताली र नमस्कार गर्छन्, अहिलेको सरकार पनि त्यस्तै देखिएको छ, खरानी घसेर बसेको नागा बाबा जस्तै।’

सम्बन्धित खबर