LIVE
अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग | पोखरी अतिक्रमण हटाउन ‘अन्तिम मौका’, गुठीले दियो थप १५ दिन |

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालको मधेश प्रदेश अधिवेशन विवादित बनेको छ ।
२७ असोजदेखि सुरु भएको अधिवेशनमा नेतृत्वमा सहमति नजुटेपछि आज निर्वाचनको कार्यतालिका तोकिएको थियो। तर, उम्मेदवारी दर्ता सुरु हुनु अघि नै एक पक्षले अधिवेशन प्रतिनिधि छनोटमा धाँधली भएको भन्दै निर्वाचन बहिष्कार गरेको छ । दोस्रो पक्षले भने आफ्नो विरोधमा उम्मेदवारी नपरेको कारण अध्यक्षदेखि अन्य पदाधिकारीसम्म निर्विरोध निर्वाचित भएको दाबी गरेको छ ।

अध्यक्ष पदका लागि बालकिशोर प्रसाद यादव र पुर्व राज्यमन्त्री योगेन्द्र राय यादव आकांक्षी रहेका थिए। तर, योगेन्द्र राय यादवसहितको समुहले सर्लाहीमा प्रतिनिधि छनोट र प्रदेशस्तरमा हुने पाँच प्रतिशत मनोनयनमा धाँधली भएको आरोप लगाउँदै निर्वाचन बहिष्कार गरेको छ ।

उनको पक्षमा आठ मध्ये पाँच जिल्लाका अध्यक्षहरू, पूर्व मुख्यमन्त्री सरोज कुमार यादव, पूर्व अर्थमन्त्री संजय यादव, प्रदेशसभा सदस्य अनिरुद्ध प्रसाद सिंह, र पूर्व प्रदेश अध्यक्ष रामबाबु यादव खुलेका छन्। साथै, रौतहट, सप्तरी, बारा, धनुषा र सर्लाहीका जिल्ला अध्यक्षहरूले पनि योगेन्द्र राय पक्षको समर्थनमा पत्रकार सम्मेलन गरेका छन्।

उनले अधिवेशनमा देखिएको धाँधलीबारे पार्टी अध्यक्ष उपेन्द्र यादवलाई पटक–पटक जानकारी दिँदा पनि कुनै सुनुवाइ नभएकाले आफूहरू बहिष्कारमा गएको बताए ।

यता, अर्कोपक्षका उम्मेदवार बालकिशोर प्रसाद यादवले भने अध्यक्ष पदमा आफू निर्विरोध निर्वाचित भएको दाबी गरेका छन्। उनका अनुसार मनोनयन दर्ताको समयसीमाभित्र अध्यक्षमा बालकिशोर प्रसाद यादव, मुख्य सचिवमा ज्ञानेन्द्र कुमार यादव, र कोषाध्यक्षमा विष्णु प्रसाद साहको एकल उम्मेदवारी परेकोले तिनै जना निर्विरोध चयन भएका हुन्।

सम्बन्धित खबर