जनकपुरधाम । मधेश प्रदेश सरकार विस्तारको विषयमा सत्तापक्षका दलहरुको बैठक सुरु भएको छ ।
दिउँसो १२ बजेदेखि रौतहटको चन्द्रनिगाहपुरको गोल्डेन बैनकुटमा सुरु भएको वैठकमा सत्ताघटक जसपा नेपाल, जनमत, नेकपा माओवादी केन्द्र, लोसपा र नेकपा एकीकृत समाजवादी दलका नेताहरु सभाागिह भएका छन् ।

बैठकमा मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत, सरकार विस्तार, सत्ता पक्ष दलहरुबीच मन्त्रालय बाडफाड सहितका विषयमा दल भईरहेको एक नेताले बताए । मुख्यमन्त्री सोनल छठ पर्व सकिएलगतै विश्वासको मत लिने तयारीमा छन् । त्यसअघि सत्ता पक्ष दलहरुलाई एक÷एक मन्त्रालय दिने र बाँकी मन्त्रालयको बाडफाँड विश्वासको मत पछि दिने गरि छलफल गरिरहेका छन् ।
२९ असोजमा पाँच दलको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका लोसपा नेता जितेन्द्र सोनललाई प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन । अहिले सोनल नेतृत्वको सरकारमा जनमतबाट संसदीय दलका नेता महेशप्रसाद यादव र नेकपा एकीकृत समाजवादीबाट कनिष पटेललाई बिना विभागीय मन्त्रीको रुपमा सहभागि छन् ।
अहिले सम्म जसपा नेपाल र माओवादी केन्द्रबाट सरकारमा सहभागि गराईएको छैन । मधेश सरकार विस्तारको विषयमा केहि दिन अघि मुख्यमन्त्री सोनल माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाललाई समेत भेटघाट गरेका थिए ।






